जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने « Khabarhub

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराइने भएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलबबाट कट्टा गरी मृतक परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।

उनले आज जारी गरेको सूचनामा भनिएको छ, “यही भदौ २३ र २४ गते आन्दोलनका क्रममा कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही रु १० लाख उपलब्ध गराउने निर्णय भएको ब्यहोरा अनुरोध छ ।”

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ८ : ३६ बजे

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनका लागि दोस्रो स्ट्र पोल

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय