आज २०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १६ तारिख। सोह्र श्राद्धको दशमी श्राद्ध। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। परिवार भित्रको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन सामान्य राम्रो छ। हरेक काम गर्दा मिहिनेत गर्नुपर्ने छ। बोलीको प्रभावले सोचेका काम बन्नेछन् । व्यापारमा गरेको सहकार्यमा फाइदा होला। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने दिन छ।

मिथुन : दिन राम्रो छ। दीर्घकालीन योजना बन्नेछन्। सोचेको काम बन्ने योग छ। तपाईंको प्रतिभाको सम्मान हुनेछ। प्रशंसा प्राप्त हुने योग छ। व्यापारमा थप मिहिनेत आवश्यक देखिन्छ। वैदेशिक रोजगारीको अवसर प्राप्त होला।

कर्कट : दिन राम्रो छ। जग्गा सम्बन्धी कारोबारमा फाइदा हुनेछ। शत्रु परास्त गर्ने योजना बन्नेछन्। स्वास्थ्यमा समस्या आइपर्न सक्छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

सिंह : तपाईंका लागि आजको दिन राम्रो छ। मित्र बढ्नेछन्। शिक्षामा प्रगति हुनेछ। राजनीतिक क्षेत्र सफलता मिल्नेछ। रोजगारीको अवसर स्वदेशमै मिल्ने देखिन्छ। बोली र व्यवहारमा एकरुपता कायम गर्नुपर्नेछ।

कन्या : दिन सामान्य छ। हरेक काममा मिहिनेत गर्नुपर्ने देखिन्छ। सोचेका काममा ढिलासुस्ती र अवरोध हुनेछ। गुरुबाट अपमानित भएको महसुस हुनेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

तुला : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हात लाग्नेछ। सामाजिक क्षेत्रमा तपाईंको नामको चर्चा हुने योग छ। निर्णय क्षमताको विकास हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। मनमा सकारात्मक सोचको विकास हुनेछ। श्रम गरेको क्षेत्रबाट तपाईंको प्रशंसा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या देखिने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

धनु : आजका लागि तपाईंको दिन निक्कै राम्रो छ। स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल हुनेछ। तपाईंको काम देखेर शत्रु आफैं टाढा हुनेछन्। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन सामान्य छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ। एउटै काम दोहोर्याएर गर्नुपर्ने बाध्यता आइपर्ने छ। आज ठूलो लगानी नगर्नु उचित हुन्छ। व्यापार व्यवसायमा घाटा हुनेछ।

कुम्भ : दिन राम्रो छ। परिवारको साथले हरेक काम सफल बन्नेछन्। मन शान्त बन्नेछ। राजनीतिक संगठन बलियो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। नसोचेका साथीको साथ मिल्नेछ।

मीन : दिन सामान्य छ। गल्ती अरुले गरे पनि दोष तपाईंमाथि आइपुग्ने जोखिम छ। हरेक काममा ढिलासुस्ती हुनेछ। शिक्षामा थप मिहिनेत आवश्यक देखिन्छ। परिवारभित्र अविश्वास बढ्नेछ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ५ : ०१ बजे

‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ

भक्तपुर – आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने

‘तुल्सा कलेक्सन’को सम्पत्ति शुद्धीकरणमा यसरी जोडिए अजय चौरसिया र लक्ष्मी खतिवडा

ललितपुर– विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा

एमाले बैठक : दलको नेता चयनमा पार्टी हस्तक्षेप नभएको स्पष्टीकरण, सरकारका निर्णयको कडा विरोध

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठक

सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

खोटाङ– खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन