हङकङमाथि श्रीलंकाको चार विकेटको जित « Khabarhub

हङकङमाथि श्रीलंकाको चार विकेटको जित


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कप अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले हङकङलाई चार विकेटले हराएको छ । यूएईमा भएको खेलमा टस जितेर सुरुमा फिल्ड रोज्दै श्रीलंकाले हङकङलाई ब्याटिङको निम्तो दिएको थियो । सुरुमा ब्याटिङ गरेको हङकङले पूरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा १४९ रन बनाएको थियो । १५० रनको लक्ष्य श्रीलंकाले सात बल बाँकी हुँदा १८.५ ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनाउँदै पूरा गरेको हो ।

सुरुमा ब्याटिङ गरेको हङकङका लागि अन्श्या रथले नटआउट अर्धशतक बनाए । ३८ बलको सामना गरेका उनले ५२ रन बनाउँदा निजाकत खानले ४८ रन हाने । हङकङ विरुद्ध कसिलो बलिङ गरेका श्रीलंकाका दुष्मन्थ चमेराले दुई विकेट हात पारे ।

१५० रनको लक्ष्य पछ्याएको श्रीलंकाका लागि पथुम निसानकाकाले सानदार अर्धशतक बनाए । निसानकाले ४४ बलमा दुई छक्का र ६ चौकाको मद्दतमा ६८ रन बनाएका हुन्। श्रीलंकासँगको खेल प्रतिस्पर्धात्मक बनाउन हङकङका असिम मुर्तजाले दुई विकेट हात पारे ।

यो जितसँगै समूह ‘बी’को श्रीलंका शीर्ष स्थानमा उक्लिएको छ । दुईमा दुई जित निकाल्दै श्रीलंकाले चार अंक जोडेको हो । यो समूहमा अफगानिस्तान र बंगलादेश समान दुईदुई अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् भने हङकङ तीन खेल खेलिसक्दा अंकबिहीन छ । आजको हारसँगै हङकङ प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘ए’मा भारत चार अंकसहित शीर्ष स्थानमा छ भने पाकिस्तान दुई अंकसहित दोस्रो स्थानमा छ । यूएईले दुई अंक जोडेको छ भने दुई खेल खेलेको ओमान अंकबिहीन छ । गएराति भएको खेलमा ओमानलाई ४२ रनले हराउँदै यूएईले दुई अंक जोडेको हो ।

एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र ओमान छन् भने समूह ‘बी’मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र हङकङ छन्।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ५ : ५३ बजे

नेपाल-भारत सीमा सुरक्षा बैठक सम्पन्न

मोरङ– आज विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको

रवीलाई जोगाउने रास्वपाको योजना : सहकारीको बचत हिनामिना गर्नेलाई ‘थुनेर होइन सुनेर’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) ले सहकारीका बचतकर्ताको रकम फिर्ता

इजरायली दमन र प्रतिबन्धका बावजुद ईशा अल–अक्सामा ६० हजार मानिसहरू भेला

एजेन्सी– इजरायली दमन र कडा प्रतिवन्धका बावजुद अल–अक्सा मस्जिद र

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलगत ट्रेड युनियन खारेज गर्ने

तलब खाएर राजनीतिक दलप्रति निष्ठा राख्नु अनैतिक र दण्डनीय हो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्रमा जनताको करबाट तलब