दुईवटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु « Khabarhub

दुईवटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कास्की– जेन–जी प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबारदेखि दुईवटा कोठाबाट सेवा सुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शान्ति सुरक्षा, मुद्दाको म्याद थप, विपद् व्यवस्थापन र दैनिक प्रशासनिक कार्य नियमित सञ्चालन गर्ने उद्देश्यले हाललाई दुई कोठाबाट सेवा सुरु भएको जानकारी दिए । उनले भने, ‘हाल दुईवटा कार्यकक्षबाट सेवा सुरू गरेका छौँ । अन्य कक्ष मर्मतसम्भार हुँदैछन्, सञ्चालन हुने सेवाकाबारेमा सेवाग्राहीलाई पूर्वजानकारी दिँदै जानेछौँ ।’

प्रजिअ शर्माले अहिलेको विषम परिस्थितिमा सम्पूर्ण सार्वजनिक सेवालाई सञ्चालन गर्नु चूनौतीपूर्ण रहेकाले नागरिकता, राहदानी राष्ट्रिय परिचयपत्रलगायत अन्य सेवालाई क्रमिक रूपमा सुरु गरिने जानकारी दिए । उनका अनुसार भदौ २४ गते जेनजी प्रदर्शनका कारणमा प्रशासनको भवनमा आगजनी गरिँदा मुख्य भवनसहित सवारीसाधनमा क्षति पुगेको छ ।

पोखरामा जेनजी प्रदर्शनमा आगजनी गरिएका मालपोत, नापी कार्यालय, यातायात कार्यालयलगायत सेवाग्राहीका मुख्य चाप हुने कार्यालयबाट सेवा सुरु हुन सकेका छैनन् ।

ती कार्यालयमा कर्मचारीले दैनिक सरसफाइ गरिरहेका छन् । यसैगरी, पोखरा महानगरपालिकाको सेवासमेत सुरु हुन सकेको छैन । (रासस)

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ७ : २२ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य