प्रधानमन्त्रीको प्रस्ताव : मन्त्री बन्नुस्, सन्दुक रूइतको जवाफ : बिरामीलाई छोड्न सक्दिनँ « Khabarhub

प्रधानमन्त्रीको प्रस्ताव : मन्त्री बन्नुस्, सन्दुक रूइतको जवाफ : बिरामीलाई छोड्न सक्दिनँ


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रूइतसँग छलफल गरेकी छन् ।

मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रूइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा. रूइतसँग आग्रह गरेकी हुन् ।

जवाफमा डा रूइतले सरकारलाई सहयोग गर्ने तर मन्त्री बनेर सहभागी हुन नसक्ने जवाफ दिएका छन् ।

छलफलपछि डा. रूइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने पत्रकारहरूलाई बताएका छन् ।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले आफ्नो जिम्मेवारी नछाड्ने बताएका हुन् ।

रूइतले आफू चिकित्सकीय पेशामार्फत नागरिकको सेवामा तल्लिन हुने कुरा उनल बताउँदै आएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  १२ : १५ बजे

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ