पहिरोले महकाली राजमार्ग अवरुद्ध, बीच बाटोमै रोकिए यात्रु « Khabarhub

पहिरोले महकाली राजमार्ग अवरुद्ध, बीच बाटोमै रोकिए यात्रु


३१ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बैतडी– वर्षासँगै पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत यहाँको दोगडाकेदार–५ सलसेनास्थित साजाधारमा मंगलबार बिहान पहिरो खसेको स्थानीय शेरसिंह कार्कीले जानकारी दिए । 

उनले भने, ‘वर्षापछि सडक माथिबाट ठूलो पहिरो खसेको छ । सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध छ ।’ राजमार्ग अवरुद्ध हुँदा महेन्द्रनगर, धनगढी, काठमाडौँका साथै सदरमुकामसँगको सडक सम्बन्ध टुटेको छ । यात्रुहरू बीच बाटोमै रोकिएका छन् । 

यसैबीच अवरुद्ध जयपृथ्वी राजमार्ग भने सञ्चालनमा आएको छ । खोड्पे–बझाङ सडकखण्डको मुस्याखानमा पहिरो खस्दा अवरुद्ध राजमार्ग सञ्चालन आएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।  रासस

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  १२ : २२ बजे

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६