काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत भदौ २३ र २४ गते भएको जेन-जीन आन्दोलनका क्रममा ध्वस्त पारिएको नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयको अवलोकनमा पुगेका छन् ।
जेन-जी आन्दोलनको क्रममा पेरिसडाँडास्थित उक्त कार्यालय भवन आगजनी गरेर ध्वस्त पारिएको थियो । उक्त आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका उनले नयाँ र भव्य केन्द्रीय कार्यालय बनाउने बताए ।
केन्द्रीय कार्यालय अनुगमन गरेपछि प्रचण्डले भने, ‘देशभरका कार्यकर्ताको सहयोगमा नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ ।’
पार्टी कार्यालय कहाँ बनाउने भन्ने कुरा उनले खुलाएका छैनन् । अवलोकनपछि दाहालले पार्टी बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटर जोगिएको बताए । ती सामग्री जोगाउन भूमिका खेलेको भन्दै उनले कर्मचारी र कार्यकर्तालाई धन्यवाद दिए ।
जेन-जीका नाममा प्रचण्ड बस्दै आएको खुमलटारस्थित निवास पनि जलाएर ध्वस्त बनाइएको छ । यद्यपि उक्त निवास निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको हो । उता चितवनमा नवनिर्मित निवास पनि जेन-जीका नाममा जलाएर खरानी बनाइएको छ ।








प्रतिक्रिया