निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन « Khabarhub

निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन


३१ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न अर्थ मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय  महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री कार्यदलमा छन्।

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार अहिलेका बजेटमा परेका केही योजना र कार्यक्रम कटौती गरेर कसरी स्रोत व्यवस्थापन गर्न सकिन्छ भनेर आन्तरिक अध्ययनका लागि कार्यदल गठन भएको बताए ।

‘चुनाव र पुनःनिर्माणका लागि केही बजेट चाहिन्छ । त्यसका लागि स्रोत जुटाउन अहिलेकै बजेटभित्र रहेर कसरी व्यवस्थापन गर्न सकिन्छ र सम्भावनाका क्षेत्र कुन–कुन छन् भनेर अध्ययन गर्नका लागि कार्यदल बनाइएको हो’, प्रवक्ता पाण्डेयले भने, ‘बजेटका केही आयोजना तथा कार्यक्रम कटौती गर्नुपर्ने हुनसक्छ । त्यसको प्राथमिकता निर्धारण गर्ने कार्याधिकार कार्यदलले पाएको छ ।’

सोमबार कार्यभार सम्हाल्दै नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालु आर्थिक वर्ष २०८२-८३ को बजेटमा राजनीतिक दबाबमा बजेटमा परेका, पूर्वतयारी नसकिएका, टुक्रे योजना तथा कार्यक्रम कटौती गरिने बताएका थिए। 

सरकारले पूरक बजेट नल्याउने र अहिलेको बजेटमा परेका योजना तथा कार्यक्रम कटौतीबाटै निर्वाचन र पुनःनिर्माणका लागि करिब रु एक खर्ब बराबर स्रोत जुटाउन सकिने अर्थमन्त्री खनालको भनाइ थियो ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  १ : ४६ बजे

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको