सडकको अवस्था हेरेर अग्रिम ‘टिकट बुकिङ’ खुला गरिने | Khabarhub Khabarhub

सडकको अवस्था हेरेर अग्रिम ‘टिकट बुकिङ’ खुला गरिने


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडकको अवस्था हेरेर मात्रै दसैँका लागि अग्रिम ‘बुकिङ’ खुला हुने जनाएको छ । 

आज यातायात व्यवस्था विभागमा भएको छलफलमा मुलुकका विभिन्न स्थानमा सडक पूर्ण रूपमा सञ्चालन हुन नसक्दा बाहिरदेखि सार्वजनिक यातायात उपत्यका आउन समय लागेकाले अग्रिम टिकट बुकिङ खुलाउन समस्या भएको महासङ्घले जनाएको हो । 

‘सडक सुधार हुन नसक्दा उपत्यकादेखि बाहिर जान र आउनै समस्या छ । हामीले धेरै दिन अघिदेखि बुकिङ खुला गर्ने तर सवारीसाधन फर्केर आइपुगेन भने के गर्ने ? झन् समस्या हुन्छ । तसर्थ सडकको अवस्था हेरेर मात्रै अग्रिम बुकिङ खुलाउन सकिन्छ,’ महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले भने, ‘तर आम नागरिकले बसपार्कमा गएर दुई–तीन दिनअघिको टिकट लिन चाहनुभएमा रोकेका छैनौँ । टिकट अहिले पनि खुला छ ।’

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले वर्तमान परिस्थिति एवं चाडपर्वका समयमा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुलाई सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण तय गर्न सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताए ।

‘गत असोज १०, ११ र १२ गतेको भारी वर्षाका कारण सडकहरू बाढी पहिरोका कारण बिग्रिएका थिए । दसैँमा घर जाने यात्रुलाई सहज थिएन । तर यस वर्ष सडकको अवस्था सहज छ,’ उनले भने, ‘बिग्रिएका सडक सुधारका लागि सडक विभागसँग छलफल र समन्वय भइरहेको छ । यस पटक यदि ठूलो वर्षा भएन भने समस्या नहोला ।’

पोखरेलले दसैँ लक्षित भाडादर पारदर्शी बनाउन, अनलाइन टिकटलाई प्राथमिकता दिन, सवारी साधनहरूको मर्मत गरेर मात्रै चलाउन, सिटको क्षमताभन्दा बढी यात्रु नबोक्नसमेत व्यवसायीलाई आग्रह गरे।

प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले सुरक्षित रूपमा यात्रुलाई गन्तव्यमा पुर्‍याउने गरी सुरक्षा व्यवस्था मिलाइने प्रतिबद्धता जनाए । रासस

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ३ : २६ बजे

देशभरका ३३ कार्यालयमा खुल्यो यातायात व्यवस्थाको सर्भर

काठमाडौं– यातायात व्यवस्था विभागको सर्भर देशभरका ३३ वटा कार्यालयमा आंशिक रूपमा

माओवादीमा सल्किएको ‘कुलद्रोही आगो’, बाससँगै साथ पनि गुमाउँदै प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्ड बुधबारदेखि नवगठित नेपाली

एकतापछि प्रचण्डले भने- १० घटकको ठुलो भारी र जिम्मेवारी दिएकोमा गर्व महसुस गरेको छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरूको पार्टीलाई

राष्ट्रिय झण्डा ओढेर विध्वंस मच्चाउने ‘सेलिब्रेटी’ हो ?

 काठमाडौं–  जेन‑जी आन्दोलन र त्यसअघि दुर्गा प्रसाईं नेतृत्वको विरोध प्रदर्शनमा राष्ट्रिय

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशका महत्त्वपूर्ण सार्वजनिक