प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार जाँदै भारतीय राजदूत « Khabarhub

प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार जाँदै भारतीय राजदूत


३१ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार जाँदैछन्‌ ।

नेपालमा भएको जेन-जी आन्दोलनपछि बनेको सरकारसँग निकट सम्बन्ध बनाउन तदारुकता देखाइरहेको भारतले राजदूतलाई सिंहदरबार पठाउन लागेको हो । प्रधानमन्त्री कार्की र भारतीय राजदूत श्रीवास्तवबीच आज (मङ्गलबार) अपराह्न चार बजे भेट हुँदैछ ।

भारतीय दूतावासले प्रधानमन्त्रीसँग राजदूतको भेटघाट गराउन दिउँसो चार बजेको समय लिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय स्रोतले जानकारी दिएको छ । भेटघाट क्रममा राजदूत श्रीवास्तवले कार्कीलाई बधाई ज्ञापन गर्नेछन्‌ ।

भारतले नै नेपालकी प्रधानमन्त्री कार्की र उनका समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता गराउन खोजिरहेको छ । आजै दिउँसो ३:१५ मा भर्चुअल कुराकानी गर्न खोजिएकोमा समय व्यवस्थापनका कारण पर्सी (बिहीबार) बिहान ११ बजे पछाडिको समय तय गरिएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले बताएका छन्‌ ।

कार्कीले प्रधानमन्त्री नियुक्त हुनुअघि नै भारतसँग आफ्नो राम्रो सम्बन्ध रहेको र मोदीबाट प्रभावित भएको बताएकी थिइन्‌ । कार्की प्रधानमन्त्री नियुक्त भएपछि पहिलो बधाई पनि भारतले नै दिएको थियो । दुई दिनअघि मणिपुर पुगेका मोदीले त्यहाँबाट पनि कार्कीलाई बधाई दिएका थिए ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ३ : ५० बजे

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको