निषेधाज्ञा हटाएपछि जनजीवन सामान्य « Khabarhub

निषेधाज्ञा हटाएपछि जनजीवन सामान्य


३१ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा आजदेखि हटाएको छ । निषेधाज्ञा हटाएसँगै जिल्लामा यातायात, बजार-व्यवसाय, स्कुल पूर्ववत् अवस्थामा सञ्चालनमा आएपछि जनजीवन सामान्य बनेको छ । 

जेन-जी प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएका सरकारी कतिपय कार्यालयबाट सेवाग्राहीलाई पूर्ववत् अवस्थामा सेवा प्रवाह हुन थालेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रालय र मातहतका कार्यालय अझै सञ्चालनमा आउन सकेका छैनन् ।  

मुख्यमन्त्री कमलबहादुर शाहले प्रदर्शनका क्रममा क्षति भएका मन्त्रालयको आज स्थलगत अनुगमन गरी वस्तुस्थितिबारे जानकारी लिएका छन् । सो अवसरमा उनले जतिसक्दो छिटो मन्त्रालयबाट सेवा सुरु गर्न कर्मचारीलाई निर्देशन दिए ।  

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी जगदीश जोशीले आगजनी र तोडफोडबाट अधिकांश मन्त्रालयको भौतिक अवस्था शून्यमा पुगेको र महत्त्वपूर्ण कागजात नष्ट भएको बताए। 

प्रदर्शनका क्रममा जिल्लामा सरकारी र निजी गरी १३७ कार्यालय भवन तथा निजी घरमा आगजनी तथा तोडफोड भएका छन् । कार्यालय परिसरमा राखिएका ६६४ सवारिसाधन जलेर नष्ट भएका छन् ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ५ : २० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको