अर्थमन्त्रीद्वारा निजी क्षेत्रसँग छलफल | Khabarhub Khabarhub

अर्थमन्त्रीद्वारा निजी क्षेत्रसँग छलफल


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् ।

आज अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा निजी क्षेत्रको सुरक्षा प्रत्याभूति तथा लगानीमैत्री वातावरण निर्माणका लागि अब कसरी अघि बढ्न सकिन्छ भनेर छलफल भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। 

‘अहिलेको विषम परिस्थितिमा निजी क्षेत्रको सुरक्षाको प्रत्याभूति हुनुपर्ने, कर तिर्ने समय थप गर्ने, सहुलियत दिने, बीमा दाबी भुक्तानी तथा कर्जा प्रवाहमा सरलताका लागि राष्ट्र बैंकमार्फत सहजीकरण गरिनुपर्नेलगायतका विषयमा छलफल भएको छ’, अध्यक्ष ढकालले भने, ‘अर्थमन्त्रीले निजी क्षेत्रका कुराहरू सकारात्मक रूपमा लिएका छन् । केही विषयहरू तुरुन्तै कार्यान्वयनका लागि निर्देशनसमेत दिनुभएको छ ।’

जेन-जी प्रदर्शनका क्रममा विभिन्न व्यापारिक प्रतिष्ठान तथा व्यवसायीका निवासमा आगजनी र तोडफोड भएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ५ : २६ बजे

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको