जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि « Khabarhub

जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि


३१ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

मंगलबार शिक्षण अस्पतालबाट शवयात्रा सहित पशुपति आर्यघाट पुगेर जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।  

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले शहीदको पार्थिक शरीरमा राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मान अर्पण गरेका थिए भने सुरक्षा निकायले सलामी अर्पण गरेको छ । केही शहीदहरूको पार्थिक शरीरलाई अन्त्येष्टिका लागि गृह जिल्ला लगिएको छ ।

सरकारले जेन-जी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । त्यसैगरि बुधबार असोज १ गते राष्ट्रिय शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरिसकेको छ । 

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ६ : १५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको