जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि « Khabarhub

जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

मंगलबार शिक्षण अस्पतालबाट शवयात्रा सहित पशुपति आर्यघाट पुगेर जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।  

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले शहीदको पार्थिक शरीरमा राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मान अर्पण गरेका थिए भने सुरक्षा निकायले सलामी अर्पण गरेको छ । केही शहीदहरूको पार्थिक शरीरलाई अन्त्येष्टिका लागि गृह जिल्ला लगिएको छ ।

सरकारले जेन-जी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । त्यसैगरि बुधबार असोज १ गते राष्ट्रिय शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरिसकेको छ । 

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ६ : १५ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।

व्यापारिक साझेदारलाई नै निशाना बनाउने ट्रम्पको चेतावनी : दबाबमा इरान ?

वासिङ्टन – इरानविरुद्ध द्रुत विजय हासिल गर्ने दाबी गरेको झन्डै

वर्षाका कारण देशका विभिन्न सडक अवरुद्ध

 काठमाडौं- लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका