हुम्लामा सहुलियत पसल सञ्चालन | Khabarhub Khabarhub

हुम्लामा सहुलियत पसल सञ्चालन


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले सदरमुकाम सिमकोटमा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । यहाँ सोमबारदेखि औपचारिक रूपमा खाद्यान्न बिक्री सुरु भएको छ ।
     
यहाँका नागरिकलाई सहुलियतमा चामल, चिनी र तेल बिक्री सुरु भएको हो । चामल र चिनीमा प्रति केजी रु पाँच र तेलमा प्रतिलिटर रु सात छुटमा बिक्री सुरु भएको शाखा कार्यालय प्रमुख कृष्णबहादुर थापा मगरले जानकारी दिए। 

यहाँ दुई ठाउँबाट चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याइएका छन् । नाम्खा गाउँपालिका केन्द्र याल्वाङ र अदानचुली गाउँँपालिकाको केन्द्र श्रीनगर गरी थप दुई स्थानबाट सहुलियतमा बिक्री सुरु गरिने जनाइएको छ । 

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ६ : ५२ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा