काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका शीर्ष नेताहरूलाई आत्मालोचना गर्दै राजनीतिबाट बिदाई लिनुपर्ने बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले देशलाई लामो समयसम्म नेतृत्व गरिसकेका नेता अब जनतामाझ खुलेर आत्मालोचना गर्नुपर्ने उल्लेख गरेका हुन्।
उनले लेखेका छन्, “एक पटक प्रधानमन्त्री र पार्टी प्रमुख भइसकेका वर्तमान राजनीतिक दलका सबै नेताहरूले आत्मालोचना गर्दै बिदाई लिनु आवश्यक छ।”
त्यस्तै, आफूलाई ‘दोस्रो पुस्ता’ भनेर परिचय दिने तर व्यवहारमा न हस्तक्षेपकारी बन्न सक्ने, न निर्णायक भूमिका खेल्न सक्ने नेताहरूले पनि जनतामाझ प्रस्ट आत्मालोचना गर्नुपर्ने रावलको भनाइ छ।













प्रतिक्रिया