एमाले उपाध्यक्ष बादलले दिए सुशीला कार्की नेतृत्वको सरकारलाई ‘अनागरिक’ को संज्ञा « Khabarhub

एमाले उपाध्यक्ष बादलले दिए सुशीला कार्की नेतृत्वको सरकारलाई ‘अनागरिक’ को संज्ञा


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले नागरिकहरूबाट निर्वाचित सरकारलाई अपदस्थ गरेर अनागरिक सरकार बनाइएको बताएका छन् ।

जेन–जी आन्दोलनको क्रममा आगजनीबाट ध्वस्त भएको च्यासलस्थित एमाले कार्यालयको बुधबार निरीक्षणका क्रमा बादलले संसद् विघटन र अन्तरिम सरकार गठनलाई असंवैधानिक कदम भनेका हुन् ।

केपी शर्मा ओली नेतृत्वको नागरिकबाट निर्वाचित सरकारलाई अपदस्थ गरी संसद् विघटन गरिएको भन्दै उनले आपत्ति जनाए ।

‘अहिले लोकतन्त्रलाई जसरी अपदस्थ गरिएको छ, नागरिक सर्वोच्चताको प्रतीक संसद् हो । संसद् विघटन गरिएको छ । नागरिकहरुले निर्वाचित गरेको सरकारलाई अपदस्थ गरिएको छ, विघटन गरिएको छ’, उनले भने, ’अहिले अनागरिक सरकार स्थापित गरिएको छ । यो असंवैधानिक कदमहरूको हाम्रो पार्टीले विरोध गरिरहेको छ ।’

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ४ : ४० बजे

रास्वपा केन्द्रीय सदस्यमा ३८४ उम्मेदवार, दाबी–विरोध प्रक्रिया सुरु

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य

नेहा कक्कडको गीतमा इभा गिरीको हट डान्स

काठमाडौं – बलिउड गायिका नेहा कक्कडको गीतमा नेपाली टिकटकर इभा

जब चार युवाले मध्यराति आर्यघाटमा नग्न नृत्य गरे

विराटनगर- कोशीको राजधानी सहर विराटनगरस्थित परोपकार घाटमा मध्यराति नग्न नृत्यमा

प्रदेश संरचनाबारे रास्वपामा बाझियो मत : रवि पक्षमा उभिँदा स्वर्णिम भन्छन्, ‘खारेज गरौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रदेश संरचनाको

काठमाडौंमा फेसलेस ट्राफिक प्रणाली विस्तार गरिने

काठमाडौं– काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरु गरिएको फेसलेस