कुलमान पुगे जेन–जी आन्दोलनका शहीद महर्जनको घर | Khabarhub Khabarhub

कुलमान पुगे जेन–जी आन्दोलनका शहीद महर्जनको घर


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेन–जी आन्दोलनका शहीद विनोद महर्जनको घरमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । 

बुधबार पाटनस्थीत घरमा पुगेर मन्त्री घिसिङले महर्जनप्रति श्रद्धाञ्जलीका साथै परिवारजनप्रति समवेदना व्यक्त गर्दै परिवारजनसँग छलफल गरेका हुन् । 

सो क्रममा महर्जनको परिवारले देशलाई परिवर्तन गर्न युवाहरूले दिएको बलिदानलाई कदर गर्दै अघि बढ्न मन्त्री घिसिङसमक्ष आग्रह गरेका थिए । 

साथै उनीहरूले शहीद परिवारलाई राज्यले उचित सहयोग गर्नुपर्ने बताएका थिए । मन्त्री घिसिङले युवाहरूका आकांक्षा अनुसार सरकार अघि बढ्ने प्रतिबद्धता जनाए । 

देशलाई ठूलो परिवर्तनको आवश्यकता देखिएको उल्लेख गर्दै मन्त्री घिसिङले त्यसका लागि वर्तमान सरकार गम्भीर भएर लाग्ने धारणा राखे ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ४ : ४३ बजे

पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का

काठमाडौं – पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ

चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं – नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित

सडक बिग्रेका कारण खुलेन शुक्लाफाँटा निकुञ्ज सफारी

कञ्चनपुर – वर्षाका कारण निकुञ्ज जाने बाटो बिग्रेपछि शुक्लाफाँटा राष्ट्रिय

एमाले युवाहरूको पार्टी हो : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमाले युवाहरूको