आधा झुकाउने दिन सिन्धुलीका सीडीओले नै फहराएनन् झण्डा « Khabarhub

आधा झुकाउने दिन सिन्धुलीका सीडीओले नै फहराएनन् झण्डा


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा सरकारले बुधबार राष्ट्रिय शोक घोषणा गरेको छ ।

राष्ट्रिय शोकमा आधा झण्डा झुकाउने निर्णय गृह मन्त्रालयले गरेको हो । तर गृहअन्तर्गतको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले यस कुरालाई बेवास्ता गरेको छ।

प्रशासन र अन्य कार्यालयले झण्डा त झुकाएनन् नै आन्दोलनका समयमा च्यातिएको झण्डासमेत कसैले राखेनन् ।

राष्ट्रिय शोकमा झण्डा नझुकाएपछि सिन्धुलीका नागरिकहरूले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा झण्डा राख्न खोजेका थिए । तर प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले झण्डा राख्न दिएनन् ।

झण्डासहित कार्यालय पुगेका कानुन व्यवसायी र पत्रकारहरूलाई कार्यालयका नायब सुब्बा नहकुल ढकालले प्रजिअको आदेश भन्दै रोकेका हुन् । आफू पनि नराख्ने र अरूलाई पनि राख्न नदिने प्रजिअको निर्णयमा स्थानीयस्तरमा असन्तुष्टि बढेको छ ।

आन्दोलनका क्रममा गत भदौ २४ गते आन्दोलनकारीले कार्यकक्षमै पुगेर सरकारी कर्मचारीलाई कार्यालय छाड्न भनेका थिए । त्यसबेला सुरक्षाको कमाण्ड छोडिदिँदा जिल्लामा व्यक्तिका घर–घरमा लुटपाट र आगजनी भएको थियो । जसको अहिले विरोध भइरहेको छ ।

प्रजिअ भुसालले कार्यालय छाडिदिँदा प्रदर्शनकारी हौसिएर १३ वडा सरकारी तथा गैर सरकारी कार्यालय र व्यक्तिका घरमा लुटपाट र आगजानी हुँदा करोडौँको क्षति पुगेको थियो ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ५ : ४४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको