एमाले युवाहरूको पार्टी हो : महासचिव पोखरेल « Khabarhub

एमाले युवाहरूको पार्टी हो : महासचिव पोखरेल


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमाले युवाहरूको पार्टी भएको स्पष्ट पारेका छन् । 

एमालेका केन्द्रीय विभागको बैठकलाई आज सम्बोधन गर्दै उनले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताए । महासचिव पोखरेलले एमालेले जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गरेको उल्लेख गरे। 

सोही क्रममा जेन-जी प्रदर्शनमा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरियो । एमालेले असोज ३ गते संविधान दिवस मनाउने तयारीका लागि पार्टीको विभागीय बैठक राखेको थियो । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आगामी असोज ३ गते संविधान दिवस भव्यतापूर्वक मनाउने जानकारी दिए । 

महासचिव पोखरेलले परिपत्र गर्दै संविधान दिवस भव्यताका साथ मनाउन प्रदेश कमिटी र जिल्ला कमिटी अध्यक्षलाई निर्देशन दिइसकेका छन् । 

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ७ : २९ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार