‘हेरा फेरी– ३’ बाट बाहिरिँदा तनाव बढेको परेश रावलको स्वीकारोक्ति « Khabarhub

‘हेरा फेरी– ३’ बाट बाहिरिँदा तनाव बढेको परेश रावलको स्वीकारोक्ति


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडको लोकप्रिय कमेडी फ्रेन्चाइज ‘हेरा फेरी’ को तेस्रो भाग ‘हेरा फेरी– ३’ पछिल्ला महिनाहरूमा विवादका कारण लगातार चर्चामा रह्यो ।

अभिनेता परेश रावलले अचानक फिल्म छाड्ने घोषणा गरेपछि ठूलो हंगामा भएको थियो । यसबीचमा उनी र अक्षय कुमारबीच मतभेद भएकोसमेत खबर बाहिर आएको थियो । तर पछि परिस्थिति बदलियो र रावल पुनः फिल्ममा फर्किए ।

हाल आफ्नो नयाँ फिल्म ‘अजय : द अनटोल्ड स्टोरी’ को प्रमोसनमा व्यस्त रहेका परेश रावलले न्यूज १८  सँगको अन्तर्वार्तामा ‘हेरा फेरी– ३’ सम्बन्धी महत्त्वपूर्ण जानकारी दिएका छन् ।

अभिनेता परेश रावलका अनुसार, फिल्ममा काम भइरहेको  र अर्को वर्ष फागुन–चैत्र (फेब्रुअरी–मार्च) बीच सुटिङ सुरु हुनेछ ।

फिल्म छाड्दा निर्देशक प्रियदर्शन र अभिनेता अक्षय कुमार दुवै असन्तुष्ट भएको चर्चा चलेको थियो । त्यतिबेला अक्षयले कानूनी कदम चालेको दाबीसमेत गरिएको थियो । तर रावलले सम्बन्धमा कुनै दरार नपरेको प्रष्ट पारेका छन् । उनले भने, ‘धेरै कुरा भयो तर त्यसले मेरो प्रियदर्शनसँगको सम्बन्ध बिगारेन । बरु त्यो घटनाले हाम्रो सम्बन्ध अझ मजबुत बनाएको छ । अहिले हामीबीच कुरा एकदमै स्पष्ट र पारदर्शी छ।’

जेठ महिनामा अभिनेता परेश रावलले फिल्म छाड्ने घोषणा गरेपछि निर्देशक र सह–कलाकार अचम्ममा परेका थिए । यसले प्रशंसकहरूलाई निराश तुल्याएको थियो । तर अक्षय कुमारले सार्वजनिक कार्यक्रममा समेत रावलप्रति सम्मान व्यक्त गरेका थिए । त्यसयता, रावलले एक पडकास्टमार्फत आफू फेरि फिल्ममा फर्किएको जानकारी दिएका थिए ।

‘हेरा फेरी’ फ्रेन्चाइज सन् २००० देखि नै दर्शकको मनमा बसेको सफल कमेडी शृङ्खला हो। अब यसको तेस्रो भागबाट फ्यानहरूको अपेक्षा झन् बढेको छ। सबैको नजर अब सुटिङ सुरु हुने मिति र अन्ततः फिल्मको रिलिजमा रहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ७ : ४१ बजे

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा