‘सोल्टिनी’को टिजरमा प्रकाश र परीक्षाको अन्तरजातीय प्रेम « Khabarhub

‘सोल्टिनी’को टिजरमा प्रकाश र परीक्षाको अन्तरजातीय प्रेम


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कात्तिक ६ अर्थात् भाइटीकाबाट प्रदर्शनमा आउने फिल्म ‘सोल्टिनी’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार युट्युबमार्फत दुई मिनेट लामो टिजर सार्वजनिक गरेको हो । 

टिजरमा नायक प्रकाश सपुत र नायिका परीक्षा लिम्बूलाई मात्रै प्राथमिकतामा दिइएको छ । टिजरले उनीहरूको प्रेम सम्बन्धको कथामा बनेको फिल्म बनेको प्रस्ट पारेको छ ।,

यसले फिल्म अन्तरजातीय प्रेम सम्बन्धमा बनेको संकेत गरेको छ । किनभने परीक्षा राई समुदायको युवतीको भूमिकामा देखिन्छिन् । प्रकाश कुन समुदायसँग सम्बन्धित छन् भन्नेबारे खुलाइएको छैन ।

यस फिल्ममा प्रकाश र परीक्षासँगै विल्सनविक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायतको अभिनय रहने बताइएको छ । 

यस फिल्ममा कथा र निर्देशन अर्जुन सुबेदीको रहेको छ । पटकथा भने कुमार भट्टराईले लेखेका हुन् । 

प्ल्यानेट ३ र योलो इन्टरटेन्मेट ब्यानरको सहकार्यमा बनेको यस फिल्मको निर्माता रेजिना विष्ट र संसार चौलागाईं हुन् । 

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  १ : ३५ बजे

चिराइतो बिक्री नहुँदा  किसान चिन्तित

फुङ्लिङ– यहाँ उत्पादित चिराइतोले बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका छन्

रवि-बालेन एकतापछि बस्नेतको प्रतिक्रिया- नगर चलाउन नसक्नेले देश चलाउने भ्रम पाल्नु हुन्न

काठमाडौं – नेकपा (एमाले)का सचिव महेश बस्नेतले नगरपालिका चलाउन नसक्ने

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

सेती पुलको निरीक्षणमा मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

भागेर होइन दृढताका साथ चुनौतीको सामना गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भागेर नभइ दृढताका