जेन-जी आन्दोलनको प्रभाव : नेप्सेमा लाग्यो ‘आगो’ « Khabarhub

जेन-जी आन्दोलनको प्रभाव : नेप्सेमा लाग्यो ‘आगो’


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ २३ र २४ गते जेन-जी पुस्ताका युवाहरूले सरकार परिवर्तन गर्नेगरी गरेको आन्दोलनको नराम्रो प्रभाव बिहीबार पुँजीबजारमा देखियो । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार हुँदा नेप्से समयसीमा अनुसार ४, ५ र ६ प्रतिशतले घटेर बन्द भयो ।

२२६ वटा कम्पनीको मात्रै सेयर कारोबार हुँदा १६०.३३ अंकले घटेर नेप्से २५११.३३ अंकमा झरेको छ । बिहीबार कारोबार भएका कम्पनीमध्ये २१७ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ९ वटा कम्पनीको सेयर मूल्य मात्रै बढ्यो ।

बिहीबार अन्तिम सर्किट लागेर बजार बन्द हुनेबेलासम्म ७२ करोड ८७ लाख दुई हजार ८३० रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।

आजको कारोबारमा व्यापार समूहमा सबैभन्दा धेरै ९.४३ प्रतिशत अर्थात् ३६४.६४ अंकले पहिरो गएको छ ।

यी हुन् आजका भाग्यमानी कम्पनी

तीनपटक सर्किट लागेर नेप्से बन्द भएपनि नौ वटा कम्पनीको सेयर मूल्य भने बिहीबार बढ्यो । जसमध्ये हिमस्टार उर्जा कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ४३ अंकले बढ्यो ।

त्यस्तै, बिहीबार एसियन हाइड्रोपावर, अभियान लघुवित्त, गणपति लघुवित्त, खानीखोला हाइड्रोपावर लक्ष्मी लघुवित्त, नेशनल लघुवित्त, रावा इनर्जी र सामुदायिक लघुवित्त कम्पनीको सेयर मूल्य बढेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ३ : ४७ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा