जेन-जी आन्दोलनमा भएको क्षतिग्रस्त संरचना पुन:निर्माणमा लक्ष्मी टेक्नोप्लास्ट सघाउने « Khabarhub

जेन-जी आन्दोलनमा भएको क्षतिग्रस्त संरचना पुन:निर्माणमा लक्ष्मी टेक्नोप्लास्ट सघाउने


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षति पुन:र्निर्माणमा ओम शिवम पाइप्स एण्ड फिटिङ्स तथा मेरीगोल्ड फर्निचर अन्तर्गतको लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले सहयोग गर्ने भएको छ ।

कम्पनीले आगामी ३ महिनासम्मको आफ्नो कुल बिक्री रकमको १ प्रतिशत राष्ट्र पुनर्निर्माणमा समर्पण गर्ने निर्णय गरेको हो । 

‘हाम्रा संरचना हामी आफैँ बनाउँछौँ’ भन्ने नेपालको राष्ट्रिय नाराका साथ कम्पनीले आफ्नो उत्पादनको बिक्रीबाट प्राप्त रकमको एक अंश पुनर्निर्माणमा खर्च गर्न लागेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक अञ्जनी नन्दन मारुले भनिन्, ‘यो हाम्रो देश हो, यसको सम्पत्ति र संरचना हाम्रो गौरव हो । हामी पुनर्निर्माणका हरेक प्रयासमा पूर्ण समर्पणसहित अघि बढ्न तयार छौँ । यही हाम्रो दायित्व र प्रतिबद्धता हो।’

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ५ : २३ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको