जल्यो यातायात विभाग, सुरू भयो सवारी चालकको सास्ती (तस्बिरहरू) « Khabarhub

जल्यो यातायात विभाग, सुरू भयो सवारी चालकको सास्ती (तस्बिरहरू)


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भदौ २४ गते जेन-जीका नाममा भएको उग्र प्रदर्शनका क्रममा यातायात व्यवस्था विभाग जलाइएको परिणाम अब तपाईं हाम्रै दु:खका दिन सुरू हुने पक्का भएको छ ।

जेन-जी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको कार्यालयमा आगजनी गरिँदा अत्यन्त संवेदनशील सर्भर कम्प्युटर उपकरण लुटिएको थियो ।

एकातिर सर्भरको कम्प्युटर लुटपाट र अर्कातिर सबै प्रणालीमा गरिएको आगजनीका कारण सञ्चालन भइरहेका अनलाइन सेवाहरू ठप्प भएका छन् ।

विभागमा रहेको सवारी चालक अनुमति पत्र छपाइ मेशिनसमेत जलेकाले अब सर्वसाधारणले कुन तहको दुख पाउँछन् भन्ने हिसाब छैन । अर्कातिर नागरिक एपमा रहेको चालक अनुमति पत्रको विवरण नै गायब भएको छ।

विभाग जलेपछि देशभरका यातायात कार्यालयबाट हने सबै काम रोकिएका छन् । यातायात कार्यालय अन्तर्गतका परीक्षासमेत रोकिएका छन् । यातायात विभागको अनलाइन प्रणाली अहिले आंशिक चले पनि पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्नेछ ।

उता सवारी नियम उल्लंघन गर्ने सवारीसाधन र ट्राफिक कार्यालयमा राखिएका चालकको ब्लुबुक तथा लाइसेन्स पनि जलेका छन् । अब सवारीधनीले जलेका सवारीसाधनको क्षतिपूर्ति कसरी प्राप्त गर्छन् ? ब्लुबुक र लाइसेन्स फेरि कसरी लेलान् ? अन्योलको अवस्था छ ।

कानुनमा सवारीसाधनको इन्जिन र चेसिस नम्बरको आधारमा लगत कट्टा गर्न सकिने व्यवस्था छ । त्यो पनि सम्भव नभए स्थानीय तहका आधारमा प्रहरीले सिफारिस गरे लागत कट्टा गरी त्यसकै आधारमा सवारीधनीले बिमा प्रक्रिया अघि बढाउन सक्ने भएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ६ : ५८ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क