‘माइतीघर’को ट्रेलर : उपासनका लागि धिरज र प्रकाशको नोकझोँक, हाँस्य भूमिकामा केदार « Khabarhub

‘माइतीघर’को ट्रेलर : उपासनका लागि धिरज र प्रकाशको नोकझोँक, हाँस्य भूमिकामा केदार


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज १३ अर्थात् आगामी फूलपातीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार बानेश्वरको एक फिल्म हलमा कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो ।

सामाजिक कथामा बनेको यस फिल्मको ट्रेलरमा फिल्मका शीर्ष कलाकारहरु नायकहरु धिरज मगर, प्रकाश सपुत, नायिका उपासना सिंह ठकुरी र कलाकार केदार घिमिरेलाई प्रमुख स्थान दिइएको छ ।

फिल्मको कथा त्रिकोणात्मक प्रेमकथा रहेको ट्रेलरले स्पष्ट पारेको छ । नायक प्रकाश र नायिका उपसनाको प्रेममा धिरजको प्रवेश भएपछि उत्पन्न परिस्थिति ट्रेलरमा देखाइएको छ ।

ट्रेलरको अन्तिममा प्रकाश र धिरजको फाइटको दृश्य राखिएको छ । प्रेमकै लागि दुईको झगडा परेको हुन्छ ।

ट्रेलर हेर्दा केदार घिमिरे भने यस फिल्ममा सहायक भूमिकामा रहेको बुझ्न सकिन्छ । उनी हाँस्य भूमिकामा रहेका छन् । ‘छक्का पञ्जा’ सिरिजबाट चर्चामा आएको उनको ‘हल्का रमाइलो’ भन्ने संवाद यस फिल्ममा पनि समावेश गरिएको छ ।

यो फिल्म मिलन तामाङको निर्देशनमा बनेको हो भने लेखक रामशरण पाठक हुन् । रोहित अधिकारी प्रस्तुतकर्ता रहेको यो फिल्मको निर्माताहरु रविन शेरचन र धिरज तामाङ हुन् ।

यो फिल्मले हलमा अन्य फिल्मसँग बक्स अफिस प्रतिस्पर्धा गर्दैछ । यही मितिमा फिल्महरु ‘बलिदान’, ‘अभिमन्यु’ र ‘हरिबहादुरको जुत्ता’ प्रदर्शनमा आउँदैछन् ।

ट्रेलर :

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  २ : ३१ बजे

सुन्तलामा रोग लागेपिछ लेखबहादुर भन्छन् – कृषकलाई मौसमले ठग्दो रहेछ

दमौली– ‘पाँच वर्ष कतारमा काम गरेँ, त्यहाँ बस्दा सन्तुष्ट हुन

अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको छ

हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु

बागमती– बागमती प्रदेशको राजधानी रहेको हेटौँडाको मुख्य सडक विस्तारका लागि

मुढा बनाउने सीप सिक्दै दिक्तेलका महिला

खोटाङ– बेरोजगार रहेका स्थानीय महिलालाई लक्षित गरी दिक्तेल बजारमा मुढा

हायात क्यासिनोमा आगजनी र चोरीमा संलग्न दुई जना पक्राउ

काठमाडौं– काठमाडौंमा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा हायात