दशैं बिदापछिको शेयर बजार– पहिलो दिनमै ‘करेक्सन’ | Khabarhub Khabarhub

दशैं बिदापछिको शेयर बजार– पहिलो दिनमै ‘करेक्सन’


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैंको बिदा सकिएलगत्तै खुलेको धितोपत्र बजार पहिलो दिन (बिहीबार) झिनो अङ्कले घटेको छ । बिहीबार शेयर बजार परिसूचक नेप्से ०.३९ विन्दुले घटेर एक हजार १४९.०१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचकसमेत ०.०४ विन्दुले घटेर २५१.९३ विन्दुमा पुगेको छ ।

स्टकका अनुसार नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत सस्तोमा समेटिएको छ । कूल १२१ कम्पनीको दुई लाख ३२ हजार ६१९ कित्ता शेयर रु छ करोड ३८ लाख ४५ हजार ४११ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये बिहीबार ५ उपसमूहको शेयर ओरालो लागेको छ भने ६ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १.४, विकास बैंक २.११, जलविद्युत् १.१२, वित्त २.८९, निर्जीवन बीमा ७.४२ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेका छन् ।

यस्तै, होटल १.५४, उत्पादन २.८५, अन्य ४.०६, लघुवित्त २.४२, जीवन बीमा ४५.१३ विन्दुले घटेका छन् । स्टकका अनुसार कारोवारका आधारमा बिहीबार प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको २ करोड ५५ लाख ५ हजार ४२६, सिद्धार्थ बैंक रु ३९ लाख ७५ हजार ६८२, महालक्ष्मी विकास बैंक रु ३५ लाख १५ हजार ४९१, नेपाल इन्भेस्टमेन्ट बैंक रु ३४ लाख ५८ हजार, सनराइज बैंक रु १३ लाख १६ हजार ७०९ र शिवम् सिमेन्ट रु १२ लाख ९३ हजार २२५ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

यस्तै, गुडवील फाइनान्सका लगानीकर्ताले ७.६९ प्रतिशतले कमाउँदा नेपाल इन्स्योरेन्स कम्पनी ५.२८, बोटलर्स नेपाल ३.९८, एनएमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.८३ प्रतिशतले कमाए ।

त्यस्तै, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ३.६३, अपि पावर कम्पनी २.६०, रिलायन्स फाइनान्स २.६०, नागरिक लगानी कोष २.३६ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.११ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ४ : ३२ बजे

सुप्रिया र मायाले जिते ‘मिस एण्ड मिसेस गुरुङ’को उपाधि

काठमाडौं – ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ

धुलिखेल–सूर्यविनायक सडकमा रोकिएको विस्तार कार्य सुरु

काभ्रेपलाञ्चोक – वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको

उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तान गर्नुपर्छः नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता