जेन-जी आन्दोलनपछि पहिलो पटक देखिए ओली « Khabarhub

जेन-जी आन्दोलनपछि पहिलो पटक देखिए ओली


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमालें)का अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनपछि पहिलो पटक देखिएका हुन् ।

गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सेनाको हेलिकप्टर चढेर शिवपुरी पुगेका ओली भक्तपुरको गुन्डुमा खोजिएको नयाँ डेरामा देखिएका हुन् । एमाले नेता महेश बस्नेतको अग्रसरतामा त्यहाँ ओलीलाई डेरा खोजिएको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष ओलीका अब गुन्डु क्षेत्रमा बसोबास गर्ने जानकारी बिहीबार नै दिइसकेका छन् । शुक्रबार ओली नयाँ डेरामा पुगेको भिडियो क्लिप सामाजिक सञ्जालमा भइरल बनेको छ ।

भिडियोमा महेश बस्नेतका साथमा उभिएका ओलीले कार्यकर्तासँग हात मिलाइरहेको देखिन्छ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ७ : ४१ बजे

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार