दैलेखका लेखा अधिकृत एक लाख घुससहित सुर्खेतबाट पक्राउ « Khabarhub

दैलेखका लेखा अधिकृत एक लाख घुससहित सुर्खेतबाट पक्राउ


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौँ तह) टंक बहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग केन्द्रीय र आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई शुक्रबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मंगलगढी चोकबाट नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार कार्कीले सडक स्तरोन्नति सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग १ लाख घुस मागेका थिए।

सेवाग्राहीले उजुरी गरेका आधारमा अख्तियारले निगरानी राखेर कार्कीलाई उक्त रकम लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका कार्कीविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ११ : ३५ बजे

राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन विज्ञ सदस्य मनोनित

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले तीन जना विज्ञ व्यक्तित्वहरूलाई

स्थानीय तहका समस्या समाधानमा संघ–प्रदेश समन्वय आवश्यक : मन्त्री रावल

काठमाडौं – स्थानीय तहमा देखिएका प्रशासनिक तथा व्यवस्थापकीय समस्या समाधानका

इरानद्वारा अमेरिकासँग तत्काल प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ टोली दोहा पठाइने

तेहरान-  इरानले अमेरिकासँग निकट भविष्यमा कुनै पनि स्तरमा प्रत्यक्ष वार्ता नहुने

मध्यपूर्व युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्य घट्यो

कोलम्बो– मध्यपूर्वमा तनाव कम हुँदै युद्धविरामको वातावरण बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा

विद्युत् सेवा नियमित गर्न जेन-जी युवाको माग

उदयपुर– जेन-जी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत् सेवालाई