लिभरपुल – इंग्लिस प्रिमियर लिगको प्रतिष्ठित मर्सिसाइड डर्बीमा लिभरपुलले एभरटनमाथि २–१ को जित निकालेको छ ।
एनफिल्डमा शनिबार भएको खेलमा घरेलु टोली लिभरपुलले पहिलो ३० मिनेटमै दुई गोल गर्दै खेल आफ्नो पक्षमा मोडेको थियो। एभरटनले दोस्रो हाफमा फर्कने प्रयास गरे पनि एक मात्र गोल गर्न सक्यो ।
यस जितसँगै प्रिमियर लिगको साविक विजेता लिभरपुलले लगातार पाँच खेलमा जित निकाल्दै १५ अंकसहित तालिकाको शीर्ष स्थान सुरक्षित राखेको छ। उता, ७ अंकमा रोकिएको एभरटन सातौं स्थानमा छ।
प्रतिक्रिया