पहिरोले अलपत्र यात्रुका लागि प्रजिअ र प्रहरी प्रमुख नै पुगे खाजा लिएर | Khabarhub Khabarhub

पहिरोले अलपत्र यात्रुका लागि प्रजिअ र प्रहरी प्रमुख नै पुगे खाजा लिएर


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलानजिक खसेको पहिरोका कारण रातभर अलपत्र परेका यात्रुलाई स्थानीय प्रशासनले नि:शुल्क खाना र खाजा वितवरण गरेको छ।

अलपत्र परेका यात्रुलाई जेसीज इच्छाकामनाको अगुवाइमा शनिबार निःशुल्क खाना र खाजा वितरण गरिएको हो । जिल्ला सुरक्षा समिति र स्थानीय व्यवसायीले पनि पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्डमा रोकिएका यात्रुलाई खाजा र पानी वितरण गरिएको छ ।

जेसिजका उपाध्यक्ष प्रकाश श्रेष्ठका अनुसार स्थानीय युवाहरूले खाना र खाजासँगै शनिबार राति मगर समाज मुग्लिनको भवनमा सुत्ने व्यवस्था मिलाइएको थियो ।

जेसीजकै नेतृत्वमा शनिबार दिनभर पनि चाउचाउ, बिस्कुट र पानी वितरण गरेका थिए । उता प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहितले पहिरोस्थलमै पुगेर यात्रुलाई खाना र खाजा बाँडेका छन्।

पहिरोका कारण सडक अवरुद्ध बनेपछि हजारौँ यात्रु अलपत्र परेका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए ।

मुग्लिन र नारायणढ दुवैतर्फबाट तीनवटा मेसिन प्रयोग गरी पहिरो पन्छाइरहेको उनले बताएका छन् ।

माथिबाट पहिरो खसिरहेकाले पन्छाउन समय लागेको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए ।

उनका अनुसार आइतबार बिहान पहिरो पन्छाउने काम थालिएको छ । पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुईवटा उपकरण प्रयोग गरिएको छ ।

पहिरो नखसे आइतबार दिउँसोसम्ममा सडक सञ्चालनमा ल्याउन सकिने खनालले बताए । करिब ७० मिटरमाथिबाट खसेको पहिरोका कारण एक सय ६० मिटर सडक ढाकेको छ ।

पहिरोका कारण सडकमा शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र छन् । यो सडकमा दैनिक १० हजार बढी सवारीसाधन आवतजावत हुने गर्छ । यस सडक भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १ : ०५ बजे

स्वास्थ्यमन्त्री बन्दै डाक्टर संगीता कौशल मिश्रा

काठमाडौँ- डाक्टर संगीता कौशल मिश्रा स्वास्थ्य मन्त्री बन्ने भएकी छन्

मुस्ताङको कागबेनीमा तीर्थालुको आगमन घट्यो

मुस्ताङ– दिवङ्गत पितृ उद्धारका लागि प्रसिद्ध मानिएको यहाँको धार्मिक तीर्थस्थल

तुइन खोलाको पहिरो पन्छाएपछि एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक

काठमाडौं– चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरोका कारण

मलयालम सुपरस्टार मोहनलाललाई दादासाहेब फाल्के पुरस्कार प्रदान गरिने

काठमाडौं– भारतीय सिनेमा क्षेत्रका चर्चित अभिनेता मोहनलाललाई भारतको सर्वोच्च फिल्म