दशैँमा कमेडी फिल्म खोज्नेलाई ‘हरिबहादुरको जुत्ता’ बिकल्प « Khabarhub

दशैँमा कमेडी फिल्म खोज्नेलाई ‘हरिबहादुरको जुत्ता’ बिकल्प


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ कलाकार हरिवंश आचार्यको लेखन र शीर्ष अभिनय रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक भएको छ ।

असोज १३ अर्थात् फूलपातीबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको निर्माण पक्षले शनिबार युट्युबमार्फत ट्रेलर सार्वजनिक गरेको हो ।

यो फिल्ममा हरिवंशले निर्वाह गर्ने गरेको चर्चित पात्र ‘हरिबहादुर’लाई शीर्ष भूमिकामा प्रस्तुत गरिएको छ । ट्रेलरले यो फिल्म सामाजिक कथामा हाँस्य खुराक मिसाएर बनाइएको बताउँछ ।

ट्रेलरमा निर्वाचनको दृश्य समावेश गरिएको छ । जसमा नायिका स्वस्तिमा खड्का नेतृको भूमिकामा देखिन्छन् । नायक प्रकाश सपुत भने ‘साइबर सेनाको नाइके’को रूपमा प्रस्तुत भएका छन् ।

यो दृश्यले फिल्मले अहिलेको समसामयिक विषय समेटेको बुझ्न सकिन्छ ।

नायिका प्रियंका कार्कीलाई भने ट्रेलरमा प्रहरीको भूमिकामा देख्न सकिन्छ ।

यो दशैँमा कमेडी जनरा मन पराउने दर्शकलाई यो फिल्म विकल्प बन्न सक्ने देखिन्छ । यो दशैँमा प्रदर्शनमा आउने चार मध्ये यो मात्रै कमेडी फिल्म हो ।

यो फिल्मले फूलपातीबाट फिल्महरू ‘बलिदान’, ‘माइतीघर’ र ‘अभिमन्यु’सँग बक्स अफिस प्रतिस्पर्धा गर्दै छ ।

‘हरिबहादुरको जुत्ता’ दीपेन्द्र के खनालको निर्देशनमा बनेको हो । यसमा प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतको अभिनय रहेको बताइएको छ ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको यस फिल्मको निर्माताहरू सरोज ओली र मोहितवंश आचार्य हुन् । 

ट्रेलर :

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १ : २५ बजे

पाटनमा दाजुभाइमाथि चक्कु प्रहार घटना : सञ्जीवसहित तीनजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । ललितपुरको पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गरी हत्या

संविधान संशोधन बहसपत्र कार्यदलले गर्याे पूर्वन्यायाधिवक्ता र कानुनविद्सँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

सिंहदरबारभित्रकै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, तिराइयो दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी