फूलपातीबाट सर्‍यो ‘अभिमन्यु’, अब दशैँमा तीन फिल्मको मात्रै प्रतिस्पर्धा « Khabarhub

फूलपातीबाट सर्‍यो ‘अभिमन्यु’, अब दशैँमा तीन फिल्मको मात्रै प्रतिस्पर्धा


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘अभिमन्यु’ असोज १३ गते अर्थात् फूलपातीबाट प्रदर्शनमा नआउने भएको छ ।

यस फिल्मको निर्माता कम्पनीले सेभेन सिज सिनेमाले अन्तिम समयमा आएर आइतबार प्रदर्शन मिति हेरफेर गरेको हो । कम्पनीले आइतबार विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो ।

यो फिल्मको नयाँ प्रदर्शन मिति असोज २४ लाई तय गरिएको उक्त विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले प्रदर्शन मितिको हेरफेरको कारण मध्ये एक अन्य फिल्मको व्यापारमा असर पुग्ने देखाएको छ ।

‘असोज १३ का दिन अन्य धेरै चलचित्रहरु प्रदर्शनमा आउने भएको पर्याप्त शो उपलब्ध गराउन सिनेमाघरहरुलाई कठिन हुने साथै यसले अन्य नेपाली चलचित्रहरुलाई समेत असर पार्ने अवस्था देखियो,’ कम्पनीको विज्ञप्तिमा लेखिएको छ ।

फिल्महरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ असोज १३ लाई प्रदर्शन मिति तोकेका छन् । अब यो दशैँमा यी तीन फिल्म मात्रै प्रदर्शनमा आउने भएका छन् ।

‘अभिमन्यु’को प्रदर्शन मिति पहिला भदौ २७ लाई तोकिएको थियो । जेन–जी आन्दोलनले यो प्रदर्शन मिति प्रभावित भएपछि फूलपातीलाई प्रदर्शन मिति तोकिएको थियो । तेस्रो पटक प्रदर्शन मिति तोक्दा यो असोज २४ मा पुगेको थियो ।

विज्ञप्ति :

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ४ : १८ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि