फूलपातीबाट सर्‍यो ‘अभिमन्यु’, अब दशैँमा तीन फिल्मको मात्रै प्रतिस्पर्धा | Khabarhub Khabarhub

फूलपातीबाट सर्‍यो ‘अभिमन्यु’, अब दशैँमा तीन फिल्मको मात्रै प्रतिस्पर्धा


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘अभिमन्यु’ असोज १३ गते अर्थात् फूलपातीबाट प्रदर्शनमा नआउने भएको छ ।

यस फिल्मको निर्माता कम्पनीले सेभेन सिज सिनेमाले अन्तिम समयमा आएर आइतबार प्रदर्शन मिति हेरफेर गरेको हो । कम्पनीले आइतबार विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो ।

यो फिल्मको नयाँ प्रदर्शन मिति असोज २४ लाई तय गरिएको उक्त विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले प्रदर्शन मितिको हेरफेरको कारण मध्ये एक अन्य फिल्मको व्यापारमा असर पुग्ने देखाएको छ ।

‘असोज १३ का दिन अन्य धेरै चलचित्रहरु प्रदर्शनमा आउने भएको पर्याप्त शो उपलब्ध गराउन सिनेमाघरहरुलाई कठिन हुने साथै यसले अन्य नेपाली चलचित्रहरुलाई समेत असर पार्ने अवस्था देखियो,’ कम्पनीको विज्ञप्तिमा लेखिएको छ ।

फिल्महरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ असोज १३ लाई प्रदर्शन मिति तोकेका छन् । अब यो दशैँमा यी तीन फिल्म मात्रै प्रदर्शनमा आउने भएका छन् ।

‘अभिमन्यु’को प्रदर्शन मिति पहिला भदौ २७ लाई तोकिएको थियो । जेन–जी आन्दोलनले यो प्रदर्शन मिति प्रभावित भएपछि फूलपातीलाई प्रदर्शन मिति तोकिएको थियो । तेस्रो पटक प्रदर्शन मिति तोक्दा यो असोज २४ मा पुगेको थियो ।

विज्ञप्ति :

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ४ : १८ बजे

जेन-जी ‘विद्रोह’को दुई महिना : थप अनिश्चिततातिर मुलुक

काठमाडौं– जेन–जी पुस्ताका युवाले भदौ २३ र २४ मा गरेको

के पाक्दैछ शिक्षामन्त्रीको चुल्होमा ? विज्ञ भन्छन्– मिडियाले व्यक्तिगत जीवन उचाल्न हुँदैन

काठमाडौं- जेन–जी आन्दोलनपश्चात बनेको अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

गृहमन्त्री अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, चुनावको विषयमा छलफल

काठमाडौं– गृहमन्त्री ओम प्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन

जापानमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

टोकियो– जापानमा आइतबार साँझ ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि उत्तरपूर्वी