जेन-जी आन्दोलनको प्रभाव : यूएईले भिसा रोक्दा लाखौँ नेपाली प्रभावित हुने | Khabarhub Khabarhub

जेन-जी आन्दोलनको प्रभाव : यूएईले भिसा रोक्दा लाखौँ नेपाली प्रभावित हुने


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि नेपालीको ठूलो रोजगार गन्तव्य यूएईले अनौपचारिक रूपमा भिसा एप्रुभल प्रक्रियालाई रोकेको छ ।

भिसाको एप्रुभल प्रक्रिया रोकिएसँगै भिजिट भिसा र कामदार भिसामा यूएई जान खोजेका ठूलो संख्याका नेपाली प्रभावित बन्न पुगेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष राजेन्द्र भण्डारीले जेन-जी आन्दोलनसँगै नेपालीहरूलाई यूएईले भिसा स्वीकृत गर्न छाडेको बताएका छन् ।

उनले त्यहाँका कम्पनीले नेपाली कामदार माग गरे पनि अध्यागमनले भिसा स्वीकृत नगरेपछि पछिल्ला दिनमा कामदारका लागि भिसा आवेदन प्रक्रिया नै अगाडि नबढेको बताए ।

तथ्यांकअनुसार वैदेशिक रोजगार गन्तव्यका हिसाबले यूएई नेपालीहरूको प्रमुख गन्तव्य हो । गत आर्थिक वर्ष ०८१/८२ मा त्यस देशमा रोजगारको लागि दुई लाख ७४ हजार ५८१ जना युवा युवती गएका थिए, जुन संख्या अन्य वैदेशिक रोजगार गन्तव्य मुलुकको तुलनामा सबैभन्दा धेरै हो ।

पूर्वअध्यक्ष भण्डारीले जेन-जी आन्दोलनपछि यूएईले सुरक्षा चासो देखाएर नेपालीको भिसा स्वीकृत नगरेको हुनसक्ने बताएका छन् ।

‘यूएईमा दिनकै ५/६ सय सम्म भिसा स्वीकृत भइरहेको हुन्थ्यो, तर अहिले भिसा दिएको छैन’, उनले भने, ‘कारण हेर्दा अहिले ब्यान्ड भनेर ब्यान्ड नै त गरेको छैन, पुलिस रिपोर्ट माग्न थाल्यो भन्ने कुरा छ, जुन यहाँबाट कैदी-बन्दी भागे, ती कैदी-बन्दी त्यहाँ पुगे भने त्यहाँको समाजलाई नै असर गर्ने जस्तो देखिन्छ ।’

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले भने अहिलेसम्म विगतमा भिसा लागेका नेपाली जान नरोकिएको बताएका छन् ।

उनले शनिबार मात्रै एक हजार तीन सय ४६ जना नेपाली यूएई गएका छन् । आइतबार साढे १२ बजेसम्म पनि तीन सयजना नेपाली यूएई प्रस्थान गरेको उनले बताए, जसमा कामदार र भिजिट भिसा दुवै खाले नेपाली छन् ।

उनले यूएईमा नेपालीको भिसा रोकिनुको कारण प्राविधिक भनेर अनौपचारिक रूपमा त्यहाँका अधिकारीले जानकारी दिएको बताए ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्रिपरिषद् संख्या आइतबारसम्म विस्तार हुने चर्चा भएको छ । अहिले प्रधानमन्त्री शुशिला कार्कीले नै परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् ।

ती दुवै मन्त्रालय मन्त्रीविहीन भएको कारण युएईमा भिसा खुलाउने सन्दर्भमा पनि सरकारले कुनै थप कूटनीतिक पहलकदमी गरि नसकेको मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष भण्डारीले नेपालीको रोजगारकै लागि ठूलो गन्तव्य मुलुकमा भिसा स्वीकृति प्रक्रिया रोकिँदा सो क्षेत्रमा ठूलो समस्या सिर्जना हुने भन्दै सरकारले छिटो कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ५ : ५१ बजे

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना

प्यालेस्टाइनलाई बेलायतले पनि एक राज्यकारूपमा मान्यता दिने

लन्डन – गाजा युद्धलाई लिएर इजरायललाई दबाब दिन धेरै राष्ट्रहरू

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आज साँझ पुनःपहिरो खसेर

भवन जलेपछि गण्डकी प्रदेशसभाको कामकारबाही अनिश्चित

गण्डकी – ‘जेनजी’ प्रदर्शनका क्रममा गण्डकी प्रदेशसभा भवन जलाइएपछि प्रदेशसभा