भक्तपुरका शक्ति पीठहरुमा नवरात्री मेला सुरु « Khabarhub

भक्तपुरका शक्ति पीठहरुमा नवरात्री मेला सुरु


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – घटस्थापनाका दिन आज साँझदेखि भक्तपुरका विभिन्न शक्ति पीठहरुमा नवरात्री मेला सुरु भएको छ ।

आश्विन शुक्ल प्रतिपदाको दिन आजदेखि ब्रम्हायणी मन्दिरमा नवरात्री मेला सुरु भएको हो । मेला भर्न रातभरी दर्शनार्थीहरुले ब्रम्हायणीमा गएर मेला भर्ने परम्परा छ । भक्तपुरका नौ वटा शक्ति पीठहरुमा नौ दिनसम्म राती मेला लाग्ने गर्दछ । टोल टोलबाट स्थानीयवासीहरु बाजागाजासहित मन्दिरमा गएर पूजा गर्ने परम्रपरा छ ।

नवरात्री मेलाको पहिलो दिन आज ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँको नवरात्री समापन गर्ने प्रचलन रहेको भक्तपुरका संस्कृतिविद् प्रकाश धौभडेलले जानकारी दिए ।

नवमीको दिन राती महिषासुरु दैत्यको प्रतीकका रुपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवन गराइ पूजा गरेको खमये ९राँगो० लाई दौडाउँदै ब्रम्हायणी मन्दिरमा पुर्याएर बलि दिने प्रचलन छ । नवमीको दिन रातभरी र दशमीको दिनभरी ब्रम्हायणी मन्दिरमा हजारौँको भीडमा मेला लाग्ने गर्दछ ।

त्यसको भोलिपल्ट राती भक्तपुर दरबार स्क्वायरबाट तलेजु भवानीको वाहन सेतो घोडा पायो जात्रा अर्थात खड्ग जात्रा गरी नगर परिक्रमा गर्ने गरिन्छ । स्थानीयले यसलाई ‘पायो न्हयाकेगू जात्रा’ पनि भन्ने गर्दछन् ।

भक्तपुरमा दसैँमा मनाइने जात्रा नवदुर्गाको उत्पत्तिसँग सम्बन्धित रहेको संस्कृतिविद् धौभडेल बताउँछन् । नवदुर्गाका नौ स्वरुप जीवित हुने परम्पराका रुपमा नौराते अर्थात नवरात्री जात्रा चलिआएको उनको भनाइ छ । यसअघि मृत्युवरण गरेका नवदुर्गा गण दशैँ सुरु भएसँगै जीवित हुने विश्वास गरिन्छ । उहाँले यो जात्रालाई असत्यमाथि सत्यको विजयका रुपमा मनाउने गरेको बताए ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ९ : ५० बजे

कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्‍याे : शेखर कोइराला

विराटनगर– नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का

आहा रारा गोल्डकप : आज जावलाखेल र मछिन्द्र क्बल खेल्दै

काठमाडौं–  २५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलमा आज जावलाखेल युथ

बाघ निकम्मा भएपछि राजनीतिमा वनबिरालाको चुरीफुरी !

छातीमा वाण लागेपछि मृत्यु शैय्यामा रहेका बाली श्रीरामको मर्यादामाथि प्रश्न

कुखुरामा इकोलाईको समस्या

चितवन– चितवनमा पालिएका कुखुरामा इकोलाईको समस्या देखिएको छ । राष्ट्रिय

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौं– सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण