भक्तपुरका शक्ति पीठहरुमा नवरात्री मेला सुरु | Khabarhub Khabarhub

भक्तपुरका शक्ति पीठहरुमा नवरात्री मेला सुरु


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – घटस्थापनाका दिन आज साँझदेखि भक्तपुरका विभिन्न शक्ति पीठहरुमा नवरात्री मेला सुरु भएको छ ।

आश्विन शुक्ल प्रतिपदाको दिन आजदेखि ब्रम्हायणी मन्दिरमा नवरात्री मेला सुरु भएको हो । मेला भर्न रातभरी दर्शनार्थीहरुले ब्रम्हायणीमा गएर मेला भर्ने परम्परा छ । भक्तपुरका नौ वटा शक्ति पीठहरुमा नौ दिनसम्म राती मेला लाग्ने गर्दछ । टोल टोलबाट स्थानीयवासीहरु बाजागाजासहित मन्दिरमा गएर पूजा गर्ने परम्रपरा छ ।

नवरात्री मेलाको पहिलो दिन आज ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँको नवरात्री समापन गर्ने प्रचलन रहेको भक्तपुरका संस्कृतिविद् प्रकाश धौभडेलले जानकारी दिए ।

नवमीको दिन राती महिषासुरु दैत्यको प्रतीकका रुपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवन गराइ पूजा गरेको खमये ९राँगो० लाई दौडाउँदै ब्रम्हायणी मन्दिरमा पुर्याएर बलि दिने प्रचलन छ । नवमीको दिन रातभरी र दशमीको दिनभरी ब्रम्हायणी मन्दिरमा हजारौँको भीडमा मेला लाग्ने गर्दछ ।

त्यसको भोलिपल्ट राती भक्तपुर दरबार स्क्वायरबाट तलेजु भवानीको वाहन सेतो घोडा पायो जात्रा अर्थात खड्ग जात्रा गरी नगर परिक्रमा गर्ने गरिन्छ । स्थानीयले यसलाई ‘पायो न्हयाकेगू जात्रा’ पनि भन्ने गर्दछन् ।

भक्तपुरमा दसैँमा मनाइने जात्रा नवदुर्गाको उत्पत्तिसँग सम्बन्धित रहेको संस्कृतिविद् धौभडेल बताउँछन् । नवदुर्गाका नौ स्वरुप जीवित हुने परम्पराका रुपमा नौराते अर्थात नवरात्री जात्रा चलिआएको उनको भनाइ छ । यसअघि मृत्युवरण गरेका नवदुर्गा गण दशैँ सुरु भएसँगै जीवित हुने विश्वास गरिन्छ । उहाँले यो जात्रालाई असत्यमाथि सत्यको विजयका रुपमा मनाउने गरेको बताए ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ९ : ५० बजे

कांग्रेसको नजरमा आलम : लोकतन्त्रका लागि लडे, पटक पटक जेल जीवन बिताए

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री तथा

मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावलीमा

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस– सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक

मेलम्ची संघर्ष समिति गुनासो : काठमाडौंबासीले खानेपानी पाउँदा हामीले केही पाएनौँ, मुहानको ताला खोल्दैनौँ

सिन्धुपाल्चोक, हेलम्बु- मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले माग पूरा नभएकाले

एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनरको रूपमा जोडियो ओमोडा एन्ड जेइको !

काठमाडौं– ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल प्रिमियर लिग