आज २०८२ साल असोज ७ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल असोज ७ गते मंगलबारको राशिफल


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज ७ गते मंगलबार। आश्विन शुक्ल पक्षको द्वितीया तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २३ तारिख । नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो‍. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । हरेक कुरामा अवरोध हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । राजनीतिमा घेराबन्दी हुनेछ । विपक्षीले विरोध गरेको सुन्नुपर्ने हुनसक्छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुहोला ।

वृष : दिन राम्रो छ । गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यको लगानीमा फाइदा हुनेछ । राजनीतिमा प्रगति हुनेछ । तीर्थयात्रा गर्ने योग छ ।

मिथुन : दिन सामान्य छ । बोलीका कारण आफन्त टाढा पुग्नेछन् । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। विदेशमा गरेको लगानीबाट घाटा हुनेछ । परिवारभित्र नै विरोधको आवाज सुन्नुपर्ने हुनसक्छ ।

कर्कट : दिन राम्रो छ । व्यापारमा नाफा हुनेछ । लगानीका क्षेत्र सबल छन् । दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा लगानीका लागि हिम्मत गर्नुपर्ने देखिन्छ । धार्मिक कार्यमा सहभागी हुनु उचित हुन्छ ।

सिंह : दिन राम्रो छ । राम्रो योजना बन्नेछ । पुराना साथीसँग भेट हुनेछ । स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ । गुरुको आर्शिवाद लिएर अगाडि बढ्नु उचित हुन्छ ।

कन्या : दिन राम्रो छ । आफ्नै राशिमा चन्द्रमा पुगेकाले मन शान्त बन्नेछ । दसैँको किनमेलमा सचेत बन्नुपर्ने छ । सम्पत्ति खर्च भए पनि मान र सम्मान बढ्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

तुला : दिन सामान्य छ । बोल्दा ख्याल गर्नुपर्ने छ । खर्च बढ्ने जोखिम छ । विपक्षी साथीसँग सचेत बन्नुपर्ने समय छ । तपाईंको बोलीका कारण आफन्त टाढा हुनेछन् । गुरुबाट असहयोग हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । सोचेको काम बन्नेछ । आफ्नो मूल्यांकन गर्न नसक्दा स्वास्थ्यमा समस्या हुनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ । सोचेको काम बन्ने योग छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : दिन राम्रो छ । भाग्यको स्थानमा चन्द्रमा पुगेकाले सोचेका काम सफल बन्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षा र रोजगारीमा बढुवा हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

मकर : दिन राम्रो छ । सोचेको काम सहज बन्नेछ । व्यापारमा फाइदा हुनेछ । कर्मचारी भए बढुवा हुनेछ । राज्यको साथमा महत्त्वपूर्ण काम बन्नेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ ।

कुम्भ : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । अनावश्य यात्राको जोखिम छ । धार्मिक कार्यमा सहभागी हुने सके मन शान्त बन्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुन्छ ।

मीन : दिन सामान्य छ । बोलीका कारण साथी टाढा हुनसक्छन् । मन अशान्त बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दैनिकी सुरु गर्नु उचित हुन्छ । संकटमा प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ५ : ०२ बजे

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल क्रिकेट टिमको नयाँ

दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या

दैलेख– जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको

नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभाबाट पक्राउ

सङ्खुवासभा – जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका

नमोबुद्धका पूर्वनगरप्रमुख तिमल्सिनाको निधन

काभ्रे– नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टीपी) शर्मा तिमल्सिनाको आज बिहान

नेताहरूको अनुहारमा मुसोलिनीको छाप

एकजना अमेरिकी लेखकले भनेका छन्- ‘लेख, केही न केही लेख