भारत र चीनका राजदूतहरूसँग अर्थमन्त्री खनालको भेटघाट « Khabarhub

भारत र चीनका राजदूतहरूसँग अर्थमन्त्री खनालको भेटघाट


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र नेपालका लागि चीनका राजदूत चेङ्ग सोङ्गले मंगलबार भेटघाट गरेका छन् । जेन-जी आन्दोलनपश्चात दुई देशका राजदूतहरूले अर्थमन्त्री खनालसँग छुट्टाछुट्टै भेटघाट गरेका हुन् ।

भारतीय राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल र भारत बीचको लामो सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पुऱ्याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् । 

साथै नेपालमा विद्यमान परिस्थितिका कारण सिर्जना भएको विषम अवस्थामा छिमेकी मुलुक लगायत दातृ मुलुकसँगको आर्थिक साझेदारीको निरन्तरताको आवश्यकता औँल्याएका थिए ।
 
उक्त भेटको अवसरमा भारतीय राजदूतले भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकोले दुई मुलुक बीच रहेको विशेष सम्बन्धलाई कायम राख्दै यस विषम परिस्थितिमा समेत सबै किसिमको सहयोगका लागि आफूहरू नेपालको साथमा रहेको उल्लेख गरेका थिए ।

साथै, उक्त अवसरमा भारतीय राजदूतले भारतीय सहयोगमा सञ्चालन भएका विकास आयोजना र कार्यक्रमहरूमा तिव्रता दिने तथा नेपालमा लगानी गरिरहेका भारतीय निजी क्षेत्र समेतको मनोबल उच्च बनाउनका लागि आवश्यक सहयोग र सहकार्य गर्न भारत तयार रहेको विचार व्यक्त गरे ।

त्यसैगरी चीनका राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले चीन नेपालको असल छिमेकी रहेको उल्लेख गर्दै चीनले नेपालमा गर्दै आएको निरन्तर सहयोगका लागि धन्यबाद व्यक्त गरेका छन् । 

भेटका अवसरमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने रहेको उल्लेख गर्दै सरकारले चीनसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने बताए। 

साथै, उक्त अवसरमा मन्त्री खनालले नेपाल र चीन बैंकिङ्ग क्षेत्रमा साझेदारीलाई थप प्रगाढ बढाउन, चीनको बैंकको शाखा नेपालमा स्थापना, नेपालबाट भएको निकासीको भुक्तानी सरलीकरणको पहल गरिदिन तथा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न समेत चिनियाँ राजदूतलाई अनुरोध गरेका छन् ।

उक्त भेटको अवसरमा चिनियाँ राजदूतले चीनले नेपाली जनताको छनौटलाई सधैँ सम्मान गर्दै आएको उल्लेख गर्दै चीनले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहने बताए। 

साथै चिनियाँ राजदूतले चीनको सहयोगमा निर्माणाधीन परियोजनाहरू सन्तोषजनक रूपले अगाडि बढिरहेको तथा चिनियाँ लगानीकर्ता नेपालमा लगानीको लागि इच्छुक रहेको बताउँदै परिस्थिति अनुकूल भएपछि चिनियाँ लगानीकर्तासँगको छुट्टै अन्तरक्रिया गरिने कुरा समेत जानकारी दिए ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ५ : १३ बजे

ट्रम्पको धम्की : एपस्टिन टिप्पणीमा ग्रेमी होस्टविरुद्ध कानूनी कारबाही

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधी जेफ्री एपस्टिनमाथि टिप्पणी

चार करोड मूल्य बराबरको धान खरिद

महेन्द्रनगर– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो यहि माघ २५ गतेदेखि चितवनको भरतपुरमा

बागमतीका मुख्यमन्त्रीबारे जथाभावी बोलेपछि बाजुरामा रास्वपाका उम्मेदवार थापालाई स्पष्टीकरण

काठमाडौं- बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापालाई

नेपालको वर्तमान राजनीतिक चुनौती र भावी सम्भावित निकास

काठमाडौं-नेपालमा पछिल्लो समयमा राजनीतिक घटनाक्रमहरू तीव्रतर तहमा विकास भइरहेका छन्