क्यान्टिनबाटै राजस्व सङ्कलन सुरु « Khabarhub

क्यान्टिनबाटै राजस्व सङ्कलन सुरु


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बागमती– जेन-जी प्रदर्शनका क्रममा आगजनीबाट कार्यालय भवन जलेपछि हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले क्यान्टीनमा टेबुल कुर्सी व्यवस्थापन गरी कार्यालय सञ्चालन गरेको छ । 

क्यान्टिनबाटै राजस्व सङ्कलन सेवा सुरु गरिएको कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले जानकारी दिए । ‘कार्यालय क्षतिग्रस्त भएर कामै नलाग्ने भएपछि कहीँबाट भए पनि सेवा त सुरु गर्नुपर्‍यो’, प्रमुख सुवेदीले भने, ‘त्यसैले क्यान्टिन सफा गरेर राजस्व सङ्कलन सुरु गरेका छौँ ।’ अन्य सेवा कसरी सञ्चालन गर्ने भवनको खोजी गरिरहेको उनको भनाइ छ । 

प्रदर्शनका क्रममा भदौ २४ गते कार्यालयमा रहेको दुई वटा गाडी, दुई वटा मोटरसाइकल, करिब १५ करोड स्टिकर, कम्प्युटर, प्रिन्टर, डिजिटल डिस्प्ले, कुर्सी, दराज, टेबललगायतका सम्पूर्ण सामान जलेको प्रमुख सुवेदीले बताए । क्षति विवरण सङ्कलन भइरहेकाले कति मूल्य बराबरको क्षति भएको यकिन भई सकेको छैन । रासस

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  १२ : २८ बजे

कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा

काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५