माओत्सेको फिल्म ‘पेन्सनपट्टा’मा विश्वास र माया अनुबन्ध « Khabarhub

माओत्सेको फिल्म ‘पेन्सनपट्टा’मा विश्वास र माया अनुबन्ध


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार माओत्से गुरुङको लेखन र निर्देशनमा बन्न लागेको फिल्म ‘पेन्सनपट्टा’मा विश्वास गुरुङ र माया गुरुङ अनुबन्ध भएका छन् ।

विश्वास र माया गुरुङ फिल्मका चर्चित नायक-नायिका हुन् । उनीहरु फिल्ममा अनुबन्ध भएको निर्माण पक्षले बुधबार सार्वजनिक गरेको हो ।

विश्वासले ‘तिमी नभए’, ‘म्हो’, ‘कुटम्बेरी साइनो’, ‘फिच्यो’ र ‘सिरसुवा’मा अभिनय गरेका छन् । मायाले भने ‘ह्युल’ ‘च्यागी’, र ‘घलेक’मा अभिनय गरेकी छन् ।

नेपाली फिल्ममा यी दुवैको डेब्यू हो । उनीहरु महत्त्वपूर्ण भूमिकामा अनुबन्ध भएको निर्माण पक्षले बताएको छ । यसअघि नै फिल्मको शीर्ष भूमिकामा नायक दयाहाङ राई अनुबन्ध भइसकेका छन् ।

यो फिल्मको छायाङ्कन कात्तिकबाट सुरु गर्ने योजनामा माओत्से रहेका छन् ।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा बन्न लागेको यो फिल्मको छायाङ्कन पोखरा आसपासको क्षेत्रमा हुने बताइएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  २ : ३७ बजे

रवि-बालेन एकतापछि बस्नेतको प्रतिक्रिया- नगर चलाउन नसक्नेले देश चलाउने भ्रम पाल्नु हुन्न

काठमाडौं – नेकपा (एमाले)का सचिव महेश बस्नेतले नगरपालिका चलाउन नसक्ने

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

सेती पुलको निरीक्षणमा मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

भागेर होइन दृढताका साथ चुनौतीको सामना गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भागेर नभइ दृढताका

नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रवि लामिछाने र