काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.८९ अंकले घट्यो । आज नेप्सेमा ४ अर्ब १२ करोड ४८ लाख २१ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २६५४.३५ अंकमा झरेको हो ।
आज नेप्सेमा भएको कारोबारमा १९३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ५३ वटा कम्पनीको सेयर मूल्य बढ्यो । त्यस्तै, आज ५ वटा कम्पनीको सेयर मूल्य भने यथावत रहेको छ ।
बुधबारको भएको सेयर कारोबारमा माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर कारोबार गर्नेहरूले सबैभन्दा धेरै नाफा आर्जन गरे भने उन्नति सहकार्य लघुवित्तको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।
आजको सेयर कारोबारमा होटेल तथा पर्यटन समूह र म्युचुअल बाहेक सबै समूहको सूचक नकारात्मक बन्न पुगेको छ ।
प्रतिक्रिया