दशैँ तिहार अफर : भाटभटेनीबाट किनमेल गर्दा टाटा पन्च ईभी जित्ने अवसर | Khabarhub Khabarhub

दशैँ तिहार अफर : भाटभटेनीबाट किनमेल गर्दा टाटा पन्च ईभी जित्ने अवसर


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाटभटेनीबाट दशैं, तिहार र छठको अवसर पारेर सपिङ गर्दा टाटाको ‘पन्च ईभी’ जित्न सकिने भएको छ । यो चाडपर्वको विशेष अवसरमा भाटभटेनीबाट किनमेल गर्ने ग्राहकले टाटाको ‘पन्च ईभी कार जित्न सक्ने मौका पाएका भएका हुन् ।

टाटाको बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङ र भाटभटेनीबीच सहकार्य गरी भाटभटेनीका ग्राहकलाई चाडपर्वको अवसरमा सामान किन्दा कार जित्ने अवसर प्रदान गर्ने व्यवस्था मिलाइएको हो । 

‘भाटभटनीबाट किनमेल गरौँ, टाटा पन्च ईभी जितौँ’ भन्ने नारासहित आएको यो स्कीमको लाभ पुसको १६ गतेसम्म भाटभटेनीमा सामान किनमेल गर्ने ग्राहकले लिन सक्ने छन् ।

कम्पनीका अनुसार यस योजनामा सहभागी हुनका लागि ग्राहकले कम्तीमा २५ सय रुपैयाँ बराबरको सामान भाटभटेनीबाट खरिद गर्नुपर्नेछ । 

खरिदको समय ग्राहकले प्राप्त गरेको बिलको आधारमा प्रणालीमा नाम दर्ता हुनेछ । त्यसपछि भाटभटेनीले लक्की ड्रमार्फत एक जना विजेताको चयन गरी पन्च ईभी उपहारस्वरूप प्रदान गर्ने  भाटभटेनीले जानकारी दिएको छ ।

यस योजनाअन्तर्गत देशभरका सबै भाटभटेनीका शाखाबाट २५०० वा बढी सामान खरिद गर्ने ग्राहकहरूले स्वतः यो योजनामा सहभागी हुन पाउनेछन् र नेपाली बजारमा निकै लोकप्रियता कमाउन सफल टाटा पन्च डट ईभी जित्न सक्ने छन्।   

साथै, भाटभटेनीबाट सामान किन्दा नेपाल पेबाट क्यूआर गरी सामानको मूल्य तिर्दा पनि एक जना ग्राहकले टाटाको पन्च ईभी कार जित्न सक्ने भाटभटेनीले बताएको छ । र, नेपाल पेबाटै क्यूआर गरी सामानको मूल्य तिर्ने १६ जना भाटभटेनीका ग्राहकले टीभीएसको स्कुटर पनि जित्न सक्ने बताइएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ५ : २३ बजे

कारागारबाट भागेकामध्ये एकैदिन ६२८ कैदीबन्दी फर्किए

काठमाडौं – गत भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका

तत्कालीन प्रधानमन्त्री ओलीसहित तीन नेतालाई राजनीतिमा बन्देज लगाउन रास्वपाको माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनमा दमन गर्ने

गृह मन्त्रालय तानिए काठमाडौंका सीडीओ रिजाल

काठमाडौं – जेनजी आन्दोलनपछि चर्को आलोचनामा परेका काठमाडौंका प्रमुख जिल्ला

गुल्मीमा चट्याङ लागेर तीन जना घाइते

गुल्मी – गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्

रास्वपाले नख्खु कारागार घटनाबारे छानबिन गर्न समिति बनाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक