विमानस्थलबाट सुनसहित एक जना भारतीय नागरिक पक्राउ « Khabarhub

विमानस्थलबाट सुनसहित एक जना भारतीय नागरिक पक्राउ


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तरराष्ट्रिय विमास्थनलबाट सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरी त्रिभुवन विमानस्थल कार्यालयबाट खटिएको टोलीले विमानस्थलको आगमन भन्सार क्षेत्रबाट आठ सय ३५ ग्राम सुनसहित ४८ वर्षीय भारतीय नागरिक रोनक मदनीलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

इण्डिगो एयरको उडानमार्फत भारतको मुम्बईबाट काठमाडौं आएका मदनीलाई आगमन भन्सार क्षेत्रमा जाँचका क्रममा शङ्का लागेपछि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामङ्गलमा भिडियो एक्स-रे गर्दा मलद्वारबाट तीन वटा डल्लामा रहेको उक्त परिमाण पहेँलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको विमानस्थल प्रहरीले जनाएको छ । रासस
 

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ६ : ५५ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी