विद्युत् विस्तारपछि गाउँगाउँमा ‘विद्युतीय मिल’  « Khabarhub

विद्युत् विस्तारपछि गाउँगाउँमा ‘विद्युतीय मिल’ 


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भोजपुर– विद्युतीकरणपछि भोजपुरका ग्रामीण क्षेत्रको जनजीवन सहज बन्दै गएको छ । विगतमा अँध्यारोमा रात कटाउँदै आएका स्थानीयले हाल उज्यालो मात्रै पाएका छैनन्, गाउँघरमा नै आधुनिक यन्त्र उपकरण चलाएर दैनिकीलाई सहज बनाइरहेका छन् । यसरी विद्युत् विस्तार भएको गाउँ हो– भोजपुरको रामप्रसाद राई गाउँपालिका– ६ वैकुण्ठे ।

यहाँका स्थानीयको दैनिकीमा अचेल निकै परिवर्तन आएको छ । भौगोलिक रुपमा विकट मानिएको यस क्षेत्रमा विद्युत् सेवा पुगेपछि स्थानीयको दैनिकीमा नै परिवर्तन आएको हो ।

विद्युत् पहुँचले कुटानी, पिसानीसँगै दैनिक कामकाजमा सहज भएको वडासदस्य जानुका सुयल बताउँछिन् । गाउँगाउँमा विद्युतीय मिल जडान भएपछि एक दिनसम्म लगाएर कुटानी, पिसानीका लागि अन्य ठाउँमा जानुपर्ने बाध्यता अन्त्य भएको उनको भनाइ छ ।

विद्युत् पहुँचपछि स्थानीय तहले उद्यमशीलता विकासमा सहजीकरण गरिरहेको छ । वडाध्यक्ष एकराज आचार्यले कुटानी–पिसानी समस्या समाधान गर्न १६ वटा आधुनिक विद्युतीय मिल वितरण गरिएको जानकारी दिए ।

स्थानीयको कुटानी–पिसानीको समस्या अन्त्यका लागि वडाले विद्युतीय मिल दिएको उनले बताए छ ।

मिल वितरणसँगै स्थानीयलाई उद्यमशीलतासँग जोड्न प्रोत्साहन गरिरहेको उनले बताए । अब रैथाने बाली कोदो, गहुँ, जौ, फापरको पीठो बनाएर बजारीकरण गर्ने योजना रहेको र त्यसका लागि ‘बैकुण्ठेको उत्पादन काठमाडौंको भान्सामा’ भन्ने नाराका साथ काम भइरहेको वडाध्यक्ष आचार्यले जानकारी दिए ।

विद्युत् विस्तार भएपछि दैनिक काममा सहजतासँगै स्थानीयवासीलाई सूचनाको पहुँचमा जोडिन पनि सहज भएको वडासदस्य जयन्द्रकुमार राईले बताए । विद्युतीय मिल वितरणले उद्यमशीलतासँगै महिलालाई घरायसी कामकाजमा समेत सहजता भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ७ : २६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर