मुग्लिन-नारायणगढ सडक : तुइन खोलको पहिरो पन्छाउने काम धमाधम « Khabarhub

मुग्लिन-नारायणगढ सडक : तुइन खोलको पहिरो पन्छाउने काम धमाधम


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोला नजिक खसेको पहिरो पन्छाउने काम बिहीबार बिहान ६ बजेदेखि सुरु भएको छ।

राति ठुलो पानी परेपछि रोकिएको काम बिहान ६ बजे सुरु भएको छ। पहिरो पन्छाउनको लागि दुवैतर्फबाट निरन्तर रूपमा मेशिन परिचालन गरिएको र पूर्ण रूपमा पन्छाउन समय लाग्ने जनाइएको छ ।

मुग्लिन नारायणघाट सडक खण्डको तुइन खोला पुल नजिकै मंगलबार अपराह्न पाँच बजे गएको ठुलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द छ ।

पहिरो पन्छाउन अझै समय लाग्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न समेत सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ।दसैँको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारेमा परेका छन्।

राति ठुलो पानी परे पनी थप पहिरो नझरेपछि बिहीबार बिहानबाटै पहिरो पन्छाउने काम सुरु भएको हो।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ८ : २७ बजे

मन्त्रालयबाट यसरी बिदा भए सुधन गुरुङ (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृह मन्त्रालयबाट बाहिरिएका

७ सय मिटर चक्रपथ विस्तार गर्न डेढ वर्ष, पाशुपत र चारुमती विहारक्षेत्रमा युनेस्को बाधक 

सडक डिभिजन कार्यालय काठमाडौँले २०८१ असोजमा चक्रपथको बसुन्धरादेखि तीनकुनेसम्मको निर्माण

दीपक र सुलभमाथि थप ७ दिन म्याद थपियो, सम्पत्ति शुद्धिकरण मुद्दामा थप अनुसन्धान हुने

काठमाडौं- काठमाडौं जिल्ला अदालत ले सम्पत्ति शुद्धिकरण मुद्दामा दीपक भट्टसहितका

साताको २ दिन विदा : शैलुङ-कालिञ्चोक घुम्ने पर्यटक बढे

दोलखा– दोलखाको मुख्य पर्यटकीय क्षेत्र शैलुङ र कालिञ्चोकमा पछिल्लो दिनहरूमा

रविलाई झस्काउने शब्द प्रयोग गर्दै सिंहदरबारबाट बाहिरिए सुधन गुरूङ

काठमाडौं- सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिँदा सभापति रवि लामिछानेलाई नै