महेन्द्रनगरमा वातानुकूलित महसुल काउन्टर सञ्चालन « Khabarhub

महेन्द्रनगरमा वातानुकूलित महसुल काउन्टर सञ्चालन


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरले सेवाग्राही तथा कर्मचारीलाई सहज र व्यवस्थित सेवा प्रवाह गर्ने उद्देश्यले वातानुकूलित महसुल काउन्टर सञ्चालनमा ल्याएको छ ।

केन्द्रको हालै निर्मित आधुनिक भवनभित्र सञ्चालनमा ल्याएको महसुल काउन्टरमा चारवटा एयर कण्डिसन (एसी) जडान गरिएको छ । केन्द्र प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार गर्मीयाममा सेवाग्राही लामो समयसम्म पालो पर्खिन बाध्य हुने अवस्थाको अन्त्य गर्न सुविधाजनक वातावरणमा महसुल बुझाउने व्यवस्था मिलाइएको हो ।

‘पहिले गर्मीका कारण सेवाग्राहीलाई असुविधा हुने गरेको थियो, अहिले वातानुकूलित कोठामा सहजै पालो पर्खेर महसुल बुझाउन सक्ने भएका छन्’, श्रीवास्तवले भने । उनका अनुसार यस कदमले कर्मचारीलाई पनि काम गर्न सहज र उत्साहजनक वातावरण उपलब्ध गराएको छ । सेवाग्राहीको घुइँचो नियन्त्रण गर्न र सेवा प्रवाहलाई व्यवस्थित बनाउन महसुल काउन्टरमा टोकन प्रणाली लागू गरिएको उनले जानकारी दिए ।

ग्राहकले अनावश्यक समस्या र अवरोध बिना शान्तिपूर्वक पालोअनुसार महसुल बुझाउन सक्ने व्यवस्था गरिएको छ । वितरण केन्द्रअन्तर्गत हाल ७९ हजार विद्युत ग्राहक छन् । तीमध्ये करिब ४० हजार ग्राहक महेन्द्रनगरको महसुल काउन्टरमार्फत महसुल बुझाउने गर्छन् ।

बाँकी ग्राहकलाई सहज बनाउने उद्देश्यले झलारी, गुलरिया र दोधारा–चाँदनी क्षेत्रमा पनि आय सङ्कलन काउन्टर सञ्चालन गरिएको केन्द्र प्रमुख श्रीवास्तवले जानकारी दिए । प्राधिकरणले पछिल्ला वर्षमा सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा दिने उद्देश्यले नयाँ भवन, आधुनिक प्रविधि र व्यवस्थापकीय सुधार गर्दै आएको छ ।

वातानुकूलित काउन्टर सञ्चालनलाई पनि सोही अभियानको एक महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ । स्थानीयवासीले विद्युत् महसुल बुझाउन अब सहज हुने र सेवाग्राहीलाई समय बचत हुने अपेक्षा व्यक्त गरेका छन् । (रासस)

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १० : ३२ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार