भोजपुरमा रेबिजविरुद्ध खोप अभियान सञ्चालन « Khabarhub

भोजपुरमा रेबिजविरुद्ध खोप अभियान सञ्चालन


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भोजपुर– जिल्लामा रेबिज रोकथामको लागि खोप अभियान सञ्चालन गरिएको छ । प्राण घातक रेबिज रोग नियन्त्रण तथा रोकथामका लागि साप्ताहिक खोप अभियान सञ्चालन गरिएको हो । 

यो अभियानमार्फत गाउँघरमा रहेका कुकुर तथा बिरालालाई निःशुल्क खोप लगाउने काम जारी रहेको भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रलेका प्रमुख पुष्पराज दाहालले जानकारी दिए ।

‘रेबिज रोग नियन्त्रणको लागि निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौँ’, उनले भने, ‘यो अभियानमार्फत घरपालुवा सम्पूर्ण कुकुर, बिरालोलाई  खोप लगाउँछौँ ।’

निःशुल्क खोप अभियान यही असोज ६ गतेबाट १२ गतेसम्म सञ्चालन भइरहेको केन्द्रले जनाएको छ । अहिले स्थानीयले दैनिक १५/२० कुकुर, बिरालोलाई खोप लगाउनको लागि ल्याउने गरेका छन् । रेबिज रोग उन्मुलनका लागि वर्षेनी खोप अभियान सञ्चालन भइरहेको कार्यालयले जनाएको छ । रासस
 

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १२ : ०८ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी