हरिवंशलाई प्रश्न : ‘हरिबहादुरको जुत्ता’ दशैँ प्रतिस्पर्धामा उत्रिनुको कारण के हो ? « Khabarhub

हरिवंशलाई प्रश्न : ‘हरिबहादुरको जुत्ता’ दशैँ प्रतिस्पर्धामा उत्रिनुको कारण के हो ?


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार हरिवंश आचार्यको लेखन र अभिनय रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ यस दशैँ बक्स अफिस प्रतिस्पर्धाको संघारमा छ ।

असोज १३ अर्थात्, फूलपातीबाट यो फिल्म प्रदर्शनमा आउँदैछ । अबको चार दिनमा यो फिल्म प्रदर्शनमा आउँदैछ । सँगै फिल्महरू ‘बलिदान’ र ‘माइतीघर’ पनि प्रदर्शनमा आउँदैछन् ।

हरिवंश आफैँमा अनुभवी मेकर हुन् । एक साथ तीन फिल्म प्रदर्शनमा आउँदा व्यापारमा प्रभाव पर्ने सम्भावना त्यसै नै उच्च रहन्छ ।

यो कुरा उनलाई थाहा नहुने कुरै भएन !

अर्को कुरा- प्रतिस्पर्धा गरेको सन्देश पनि जान्छ ।

तर, पनि यो फिल्म दशैँ रिलिज डेटबाट हलचल भएन । यो फिल्मबारे जानकारी दिन बिहीबार कुपन्डोलमा पत्रकार सम्मलेन गरिएको थियो ।

त्यहाँ उनले फिल्मकी नायिका स्वस्तिमा खड्काले पनि प्रदर्शन मिति हेरफेर गर्न आफूलाई सल्लाह दिएको सुनाए । तर, टिमको निर्णयअनुसार फिल्म प्रदर्शन आउन लागेको उनले बताए ।

भने, ‘म टिमको ठूलो उमेरको व्यक्ति हो । लेखक र कलाकार पनि हुँ । तर, मैले चाहेर प्रदर्शन मिति हेरफेर हुँदैन । टिमका अन्य व्यक्तिहरुको निर्णय बढी लागु हुन्छ ।’

दशैँमा फिल्म प्रदर्शनमा नल्याउँदा गलत सन्देश फैलिने जोखिम भएकाले पूर्वनिर्धारित मितिमै ल्याइएको उनले बताए ।

भने, ‘दशैँबाटपछि सर्‍यो भने भागेको भन्ने सन्देश जान्छ । त्यो फिल्मको कलाकारलगायत कुनै पक्षका लागि पनि राम्रो कुरा होइन ।’

दशैँमै फिल्म प्रदर्शनमा ल्याउनुको अर्को प्रमुख कारण ‘कथा’ रहेको बताए ।

जेन–जी आन्दोलनसँग मिल्दोजुल्दो कथा भएकाले कारण प्रदर्शन मिति पछि सार्दा ‘प्रभावित भएको’ टिप्पणी आउने सम्भावना बढ्ने भएकाले दशैँमा ल्याइएको उनले बताए ।

उनले भने, ‘हाम्रो फिल्मको कथा जेन-जी आन्दोलनसँग केही मिल्छ । पछि प्रदर्शन भयो भने जेनजी आन्दोलनबाट प्रभावित भएर फिल्म बनाएको रहेछ भन्ने टिप्पणी आउन सक्छ । त्यही भएर दशैँमा नै आउने निर्णय भयो ।’

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ६ : ०६ बजे

दिनभर स्थानीयको अवरोधपछि रातको समयमा धमाधम पिच, वडा अध्यक्ष नै फिल्डमा

काठमाडौं – काठमाडौंको बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको

बालुवाटारमा एमालेले भन्योः अहिले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था नगरौँ

काठमाडौँ– नेकपा एमालेले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा

अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय

सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता

उदयपुर – सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२

प्रदीप ज्ञवाली भन्छन्ः एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले