साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल | Khabarhub Khabarhub

साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ । बिहीबार भएको सेमिफाइनलमा भारतसँग ३–० ले पराजित हुँदै नेपाल बाहिरिएको हो ।

श्रीलङ्काको कोलम्बोस्थित रेडकोर्स इन्टरनेसनल स्टेडियममा भएको खेलमा पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफमा भारतका गन्लिबा वाङ्खेरिक्पाम, अज्लान शाह र डाइमन्ड सिंह थोक्चोमले गोल गर्दै जित सुनिश्चित गरे।

नेपालले पहिलो हाफमा प्रशान्त मोक्तानको फ्रीकिक र प्रतिस थापाको प्रयासमा अग्रता बनाउने प्रयास गरे पनि सफल हुन सकेन । यसअघि नेपालले समूह चरणमा श्रीलङ्कालाई २–० ले हराएको र बंगलादेशसँग ४–० ले पराजित भएको थियो। फाइनलमा भारत र बंगलादेश आमनेसामने हुनेछन्।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १० : ०४ बजे

तुइनखोलाको पहिरो हटाएपछि दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक

चितवन – मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको

प्रचण्ड भन्छन् : पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पुर्‍याउँछौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

जेनजी आन्दोलनमा हराएका हातहतियार असोज मसान्तभित्र बुझाउन गृहको आग्रह

काठमाडौं – गृह मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा हराएका हातहतियार र

ओलीको प्रश्न : के भ्रष्टाचार नगर्नु मेरो अपराध हो ?

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवाहरूले

साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं – नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।