कुष्माण्डा देवीको पूजा आराधना गरियो « Khabarhub

कुष्माण्डा देवीको पूजा आराधना गरियो


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवरात्रको पाँचौँ दिन तिथिको घटबढले शुक्रबार पनि कुष्माण्डा देवीको पूजा आराधना गरिएको छ ।

शुक्रबार असोज शुक्ल चतुर्थी तिथि परेकाले दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गरिएको हो । नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा, आराधना भने आश्विन शुक्ल पञ्चमी अर्थात् शनिबार गरिदैछ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।

नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रमा देशभरका शक्ति पीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।  

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १ : ३० बजे

एनपीएल : बलिङमा नेपाल अगाडि, ब्याटिङमा विदेशीको दबदबा : कुन खेलाडी कति अब्बल ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को बलिङमा नेपाली खेलाडी चम्किँदा

अपाङ्गताका अधिकार रक्षा गर्न एमाले क्रियाशील : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिका

भरतपुर आँखा अस्पताललाई पाकिस्तानको सहयोग

काठमाडौं– पाकिस्तानले भरतपुर आँखा अस्पतालको पूर्वाधार विकासका निम्ति १० लाख

विष्णु पौडेलसँग सञ्चारकर्मीको संवाद हुँदै

काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको

अल्पविकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य : नेपाल

दाेहा– अल्पविकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहयोग हुनुपर्नेमा