काठमाडौं– काठमाडौंको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको ‘सुपथ मूल्य पसल २०८२’ उपभोक्ताबीच लोकप्रिय बन्दै गएको छ । मूल्यवृद्धि र अनिश्चित बजार परिस्थितिका बीच, यस वर्ष उपभोक्ताले यहाँबाट राहत पाएको महसुस गरेका छन् ।
बागमती प्रदेशको प्रादेशिक कार्यालय प्रमुख धर्म कुमारी राजवंशीका अनुसार, सुपथ मूल्य पसलको मुख्य उद्देश्य चाडपर्वमा उपभोक्तालाई सहज मूल्यमा खाद्यान्न उपलब्ध गराउनु हो ।
‘चाडको मौकामा कतिपय व्यापारीले मूल्य अस्वाभाविक रूपमा बढाउने गर्छन् । त्यसलाई सन्तुलनमा ल्याउँदै आम उपभोक्तालाई राहत दिनु नै हाम्रो उद्देश्य हो,’ राजवंशीले बताइन् ।
उनका अनुसार यस वर्ष ५३ वटा वस्तु सुपथ मूल्य पसलमार्फत वितरण भइरहेको छ। चामलमा प्रति केजी पाँच रुपैयाँ, तेलमा सात रुपैयाँ, मसालामा १० रुपैयाँ र ऐतिहासिक (रैथाने) बालीहरूमा १० रुपैयाँसम्म छुट दिइएको छ ।















प्रतिक्रिया