डोनाल्ड ट्रम्पको ‘ट्यारिफ बम’: अब औषधिमा १०० प्रतिशत कर « Khabarhub

डोनाल्ड ट्रम्पको ‘ट्यारिफ बम’: अब औषधिमा १०० प्रतिशत कर


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अर्को ठूलो आर्थिक घोषणा गर्दै २०२५ अक्टोबर १ देखि अमेरिकामा आयात हुने सबै ब्रान्डेड वा पेटेन्टेड औषधि उत्पादनमा १०० प्रतिशत ट्यारिफ (कर) लगाउने घोषणा गरेका छन्।

यो नियम ती कम्पनीहरूमा लागू हुनेछ, जसले अमेरिकाभित्र उत्पादन कारखाना (म्यानुफ्याक्चरिङ प्लान्ट) स्थापना गरेका छैनन्।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेखे, ‘यदि कुनै कम्पनीले अमेरिकाभित्र औषधि उत्पादन कारखाना बनाइरहेको छ वा निर्माण सुरु गरिसकेको छ भने त्यस्ता उत्पादनमा कर लाग्ने छैन।’

यससँगै ट्रम्पले अमेरिका आयात हुने हेभी–ड्युटी ट्रकमा २५ प्रतिशत ट्यारिफ र किचन क्याबिनेटमा ५० प्रतिशत ट्यारिफ लगाउने घोषणा पनि गरेका छन्।

यता अमेरिका भारतको सबैभन्दा ठूलो औषधि बजार हो। वित्तीय वर्ष २०२४ मा भारतले कुल २७.९ अर्ब डलर बराबरको औषधि निर्यात गर्‍यो, जसको ३१ प्रतिशत (८.७ अर्ब डलर) अमेरिका गयो।

अमेरिकाभित्र प्रयोग हुने ४५ प्रतिशत भन्दा बढी जेनेरिक औषधि र १५ प्रतिशत बायोसिमिलर औषधि भारतले आपूर्ति गर्छ।

ट्रम्पको यो ट्यारिफ केवल ब्रान्डेड र पेटेन्टेड औषधिमा मात्र लागू हुनेछ। भारतले अमेरिकामा निर्यात गर्ने अधिकांश उत्पादन जेनेरिक औषधि भएकाले यस निर्णयको प्रत्यक्ष असर कम हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ३ : २४ बजे

नीति तथा कार्यक्रम अघि बढाउँदा विज्ञको सुझाव प्राथमिकतामा राख्छौँ : उद्योगमन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले नीति

राष्ट्रपतिद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

एलिकाको टी-२० विश्वकपमा उपहार योजना सार्वजनिक

काठमाडौं– इटालियन किचन अप्लायन्स ब्रान्ड एलिकाले आईसीसी टी–२० विश्वकप २०२६

नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा धरेल

काठमाडौं– नेपालका लागि डेनमार्कका महावाणिज्यदूतमा हरि धरेललाई नियुक्त गरिएको छ

बंगलादेशमा व्यापक हिंसा : केही दलका कार्यालय जलाइयो, सञ्चारगृह र पत्रकारमाथि पनि आक्रमण

ढाका- बंगलादेशमा शेख हसिना विरोधी नेता उस्मान हादीको मृत्युपछि हिंसा